‘फिफा वर्ष खेलाडी’ काे दाैडमा राेनाल्डाे, मेस्सी र भान डाइक

‘फिफा वर्ष खेलाडी’ काे दाैडमा राेनाल्डाे, मेस्सी र भान डाइक

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘फिफा वर्ष खेलाडी अवार्ड’ को अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।

फिफाले पहिलो चरणमा छनोट भएका १० खेलाडीबाट तीन जनाको नाम सार्वजनिक गरेको हो । जसमा युभेन्टसका क्रिस्टियानो रोनाल्डो, बार्सिलोनाका लियोनल मेस्सी र लिभरपुलका भर्जिल भान डाइक परेका छन् ।

यस सिजन लिभरपुलका डिफेन्डर डाइकलाई मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको छ । उनको उत्कृष्ट प्रदर्शनमा लिभरपुलले च्याम्पियन्स लिग जितेको थियो । त्यस्तै उनले नेदरल्याण्डलाई युईएफए नेसन्स कपको फाइनलसम्म पुर्‍याएका थिए ।

डाइकले गएको हप्तामात्रै यूईएफए वर्ष खेलाडीको अवार्ड जितेका थिए । यूईएफए वर्ष खेलाडीको प्रतिस्पर्धामा उनले मेस्सी र रोनाल्डोलाई पछि पारेका थिए ।

रोनाल्डोले यस वर्ष पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि दिलाएका थिए । यस्तै युभेन्ट्सलाई इटालियन सिरी ‘ए’ को उपाधि पनि जिताएका थिए ।

मेस्सीले बार्सिलोनालाई ला लिगाको उपाधि जिताउँदा च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए । उनले युरोपियन गोल्डेन बुटको अवार्ड पनि जितेका थिए ।

यस्तै फिफा वर्ष खेलाडी महिलातर्फ यूईएफए वर्ष खेलाडी अवार्ड जितेकी लुसी ब्रोन्ज, एलेक्स मोर्गन र मेगान रापोनी परेका छन् ।

वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा पेप ग्वार्डीवाला, योर्गेन क्लोप र माउरिसियो पोचेटेनो रहेका छन् । महिला प्रशिक्षकतर्फ ग्रे नेभिल्स, जिल एलिस र सरिना विगम्यान रहेका छन् ।

वर्ष गोलकिपर अवार्डका लागि एलिसन बेकर, एण्डरसन मोरिस र मार्क टेर स्टेगेन परेका छन् ।

त्यस्तै वर्ष उत्कृष्ट गोल पुस्कास अवार्डका लागि लियोनल मेस्सी, जुवानफर क्वान्टेरो र डानियल जेसोरीको गोल शीर्ष तीनमा परेको छ ।

गत वर्ष क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले फिफा वर्ष खेलाडीको अवार्ड जितेका थिए । मोड्रिचले रोनाल्डो र मोहमद सलाहलाई पछि पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्