प्रदेश १ मा भमण बर्ष २०२० चहलपहल : उदयपुरमा प्याराग्लाइडिङ उडान शुरु गर्ने तयारी

प्रदेश १ मा भमण बर्ष २०२० चहलपहल : उदयपुरमा प्याराग्लाइडिङ उडान शुरु गर्ने तयारी

गाइघाट,  भदौ १८। उदयपुरमा प्याराग्लाइडिङ उडान शुरु गर्ने तयारी भएको छ । उदयपुर जिल्लाको बेलका नगरपालिकाले प्याराग्गाइडिङ उडान सञ्चालनको तयारी गरेको हो ।

नगरपालिकाले बृहत् पर्यटन विकासलाई अगाडि बढाएर आर्थिक समृद्धि हासिल गर्न र बेलका क्षेत्रमा वार्षिक ५० हजारभन्दा पर्यटक भित्र्याउन प्याराग्गाइडिङ उडान सञ्चालन गर्ने अभियान सुरू गरेको नगपालिकाका प्रमुख दुर्गाकुमार थापाले जानकारी दिए ।

समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा रहेको बेलकाको मैनामैनीस्थित बोपताङ डाँडा र चम्पाकोट डाँडाबाट प्याराग्लाइडिङ उडान परीक्षण गरेर सप्तकोशी बगरसम्म अवतरणको परीक्षण भएपछि सो क्षेत्रलाई एक नम्बर प्रदेशकै एक नम्बर प्याराग्लाइडिङ ‘हब’को रूपमा गर्ने योजना सहित काम अघि बढाएको थापाले बताए ।

बेलका क्षेत्रका २०० भन्दा बढी युवा तथा पर्यटक उद्यमीले प्याराग्लाइडिङ उडानको तालीम लिइसकेको छन ।

बेलकाको मैनामैनीको चम्पाकोट र बोप्ताङबाट सप्तकोशीको बगरसम्म उडान गर्नका लागि चाहिने आवश्यक भौतिक पूर्वाधार निर्माणको काम सुरू गरिएको प्रमुख थापाको भनाई छ । जसकालागि बेलका प्याराग्लाइडिङ सघं, सुनसरी चतरा प्याराग्लाइडिङ, पोखरा प्याराग्लाइडिङ तथा एशियन प्याराग्लाइडिङ समूहले लगानी गरेको छ ।

पर्यटनका लागि सप्तकोशीमा बोटिङ र प्याराग्लाइडिङ महत्वपपूर्ण रहेको कारण पनि अब आगामी कात्तिक महनादेखि पोखरामा जस्तै बेलकामा पनि व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान शुरु गर्ने प्रमुख थापाको दाबि छ । प्याराग्गाइडिङ र सप्तकोशीमा बोटिङबाट वार्षिक ५० हजारभन्दा बढी पर्यटक बेलकामा आउने उनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्