सुनसरी अमाहीबेलहाको इस्टर्नद्वारा १ लाख क्वीन्टल चिनी उत्पादन

सुनसरी अमाहीबेलहाको इस्टर्नद्वारा १ लाख क्वीन्टल चिनी उत्पादन

विराटनगर । इस्टर्न सुगर मिल अमाहीबेलहा सुनसरीले यसवर्ष १ लाख छ हजार ७६ क्वीन्टल चिनी उत्पादन गरेको बताएको छ । मिलले सो परिमाणको चिनी उत्पादन गर्न सुनसरी, मोरङ र झापाका करीब तीन हजार उखु किसानबाट ११ लाख ७८ हजार ६२५ क्वीन्टल उखु खरीद गरेको थियो । उखु किसानलाई मिलले प्रति क्वीन्टल रू. ४४१.२८ का दरले रू. ५२ करोड एक लाख तीन हजार ५४० भुक्तानी गरेको मिलका प्रबन्धक सुरेश मेहताले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्