भारतीय नागरिकद्वारा शरीरमा आगो लगाएर देहत्याग

<span class='c1'>भारतीय नागरिकद्वारा शरीरमा</span> <span class='c2'>आगो लगाएर देहत्याग</span>

भद्रपुर । आफ्नै शरीरमा आगो लगाएर झापामा एक भारतीय नागरिकले देहत्याग गरेका छन्। लागो लगाएर मृत्यु हुनेमा भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला पानीटंयाकी बस्ने २३ वर्षीय विश्वनाथ बर्मन रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका ६ माहानन्दचोक नजिकै पूर्वेली टोलस्थित प्रदीप गिरीको फर्निचर उद्योगमा भारतीय नागरिक बर्मन काम गर्दै आइरहेका थिए। काम गर्ने सिलसिलामा बिहीबार दिउँसो तारपिनको तेल र स्प्रिट शरीरमा खन्याई शौचालयको ढोका बन्द गरी शरीरमा आगो लगाएका थिए।

शरीर आगोले जलेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। यता, घटनाको विषयमा थप जानकारी लिन इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थल पुगेको छ। कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्