ईटहरीमा मानव वेच विखन बिरुद्धको अभियान

<span class='c1'>ईटहरीमा मानव वेच</span> <span class='c2'>विखन बिरुद्धको अभियान</span>

ईटहरी । मानव बेचबिखनविरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसरमा इटहरीमा सप्ताहब्यापी कार्यक्रमअन्तर्गत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
इटहरी उपमहानगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, प्रहरी, कानुन व्यवसाथीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा मन्तव्य राख्दै इलाका प्रहरी कार्यलय इटहरीका प्रमुख समिरचन्द्र खरेलले मानव बेचबिखनविरुद्ध नेपाल प्रहरीको रणनीति र कानुनको बारेमा जानकारी दिए ।
माइती नेपाल सुनसरीको कार्यक्रम संयोजक सुनिता कार्कीले प्रदेश १ मा मात्र नभएर देशमा नै मानव बेचबिखनको अवस्था बढ्दो रहेको बताईन् । उनले पछिल्लो समय मानव बेचबिखन शैली परिवर्तन गरेर भइरहेको बताईन् । सुनसरी, मोरङ, झापा जिल्लामा लुकीछिपी मानब बेचबिखन भइरहेको उनको भनाई थियो ।
विशेष गरी बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने इटहरी उपमहानगरपालिकाको सामाजिक विकास अधिकृत सुशीला कार्की बताईन् । सबलीकरणको माध्यमबाट मानव बेचबिखनलाई न्यूनीकरण गर्नुपर्ने कार्कीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्