लासिथ मालिंगाको कीर्तिमानी प्रदर्शन , ४ बल ४ विकेट !

लासिथ मालिंगाको कीर्तिमानी प्रदर्शन , ४ बल ४ विकेट !

लासिथ मालिंगाको कीर्तिमानी प्रदर्शनसँगै श्रीलंकाले न्युजिल्यान्डविरुद्धको अन्तिम तथा तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा श्रीलंकाले न्युजिल्यान्डलाई ३७ रनले हरायो । श्रीलंकाले अन्तिम खेल जितेपनि तीन खेलको सिरिजमा न्युजिल्यान्ड २–१ ले विजयी भयो ।

एक २६ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १६ ओभरमा सबै विकेट गुमाएर ८८ रनमा समेटिएको थियो । न्युजिल्यान्डका लागि कप्तान टिम साउथीले अविजित २८ रन बनाए । मिचेल स्टाननरले १६ र कोलिन मुन्रोले १२ रन बनाए । न्युजिल्यान्डलाई सस्तैमा समेट्न मालिंगाले पाँच विकेट लिए । ह्याट्रिक सहित पाँच विकेट लिएसँगै मालिंगाले टी–२०  मा नयाँ कीर्तिमान पनि बनाए ।

उनले चार बलमा चार विकेट लिने खेलाडीको किर्तिमान बनाएका हुन् । उनले तेस्रो ओभरको चार बलमा चार विकेट लिएका थिए । यसँगै मालिंगा  टी–२० अन्तर्राष्ट्रियमा एक सय विकेट लिने पहिलो खेलाडी समेत बनेका छन् ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा आठ विकेटको क्षतिमा एम सय २५ रन बनाएको थियो । श्रीलंकाका लागि दनुशा गुनाथिलाकाले ३० रन बनाए । निरोशन डीक्वेलाले २४ रन बनाए । न्युजिल्यान्डका मिचेल स्टाननर र ओड अस्टलले तीन तीन विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्