पाकिस्तानका पूर्वस्पीनर अब्दुल कादिरको निधन

पाकिस्तानका पूर्वस्पीनर अब्दुल कादिरको निधन

काठमाडौं । पाकिस्तानका पूर्वस्पीनर अब्दुल कादिरको निधन भएको छ ।

आफ्नो सक्रिय खेल जीवनका बेला लोकप्रिय रहेका कादिरको ६३ वर्षको उमेरमा कार्डिएक अरेस्टका कारण हिजो निधन भएको हो ।

कादिरले पाकिस्तानका लागि ६७ टेस्ट तथा एक सय ४ वटा एक दिवसिय क्रिकेट खेलेका थिए । टेस्टमा उनले २ सय ३६ र एक दिवसियमा एक सय ३२ विकेट लिएका छन् ।

सन् १९७७ देखि १९९३ को अन्तरालमा उनलाई विश्वको उत्कृष्ट लेग–स्पीनरका रुपमा लिइन्थ्यो । सन् १९९३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले क्रिकेट कमेन्ट्री गरे ।

यस्तै पाकिस्तानको राष्ट्रिय टिममा खेलाडी चयन गर्ने समूहमा पनि काम गरे । पाकिस्तान क्रिकेट बोर्ड पिसिबीले उनको निधनमा दुःख व्यक्त रेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्