भोजपुरमा घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्नेलाई डेढ वर्ष कैद

<span class='c1'>भोजपुरमा घरमा श्रीमती हुँदाहुँदै दोस्रो</span> <span class='c2'>विवाह गर्नेलाई डेढ वर्ष कैद</span>

भोजपुर भदौ २२ , जिल्लाको आमचोक गाउँपालिका–९ दुङ्मानाका ३१ वर्षीय जितबहादुर श्रेष्ठलाई जिल्ला अदालत भोजपुरले एक वर्ष ६ महिना कैद गर्ने फैसला गरेको छ ।

घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्ने श्रेष्ठलाई १० हजार जरिवानाको फैसलासमेत गरिएको हो । अदालतले जितबहादुरसँग विवाह गरेर आउने कान्छी श्रीमती ३१ वर्षीया रत्नमाया श्रेष्ठलाई १ वर्ष कैद र १० हजार जरिवानाको फैसला गरेको छ भने अदालतले पीडकहरूबाट पीडितलाई ५ हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश खिलनाथ रेग्मीको इजलासले उनीहरूलाई कैद, जरिवाना र क्षतिपूर्तिको फैसला गरेको हो । जितबहादुरकी जेठी श्रीमती पूर्णमाया श्रेष्ठले श्रीमान्ले कान्छी श्रीमती ल्याएको भन्दै प्रहरीमा उजुरी दिएपछि उनीहरूलाई प्रहरीले गत जेठ १९ गते पक्राउ गरेको थियो ।

उनीहरूलाई मुलुकी अपराध संहिताको दफा १ सय ७५ को उपदफा १ र २ बमोजिम बहुविवाहको कसूर ठहरिएकोले कैद, जरिवाना र क्षतिपूर्तिको फैसला गरिएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्