धरानबाट लागुऔषध सहित तीनजना पक्राउ

धरानबाट लागुऔषध सहित तीनजना पक्राउ

सुनसरी । सुनसरीको धरान उप महानगरपालिका ८ बाट लागु औषध सहित तीन जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले को ४ प १७३५ र को १० प ४७४७ नम्बरको मोटरसाईकलबाट तीनजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धरान १४ का कुमार बस्नेत, धरान ७ का वसिम खान र राजेश भनिने नविन भण्डारी रहेका छन् । उनीहरुको साथबाट डाईलक्स डि.सी. १० बोतल, स्पास्मोप्रोक्सिवन प्लस ९० क्याप्सुल, नाईट्रोसन २५ ट्याब्लेट, मोवाइल २ थान र नगद २८ हजार ७४० मरामद गरेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्