इटहरीमा युवतीलाई जबरजस्ती यौनधन्दामा संलग्न गराउन खोज्ने होटल सञ्चालिका पक्राउ

<span class='c1'>इटहरीमा युवतीलाई जबरजस्ती यौनधन्दामा संलग्न</span> <span class='c2'>गराउन खोज्ने होटल सञ्चालिका पक्राउ</span>

इटहरी भदौ २४, 

इटहरीमा युवतीलाई जबरजस्ती यौनधन्दामा संलग्न गराउन खोज्ने होटल सञ्चालिका पक्राउ परेकी छन् । इटहरीको विराटनगर लाइनमा सञ्चालित न्यारेसन होटल एण्ड लज बारकी सञ्चालिका रेखा न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।

होटलमा काम गर्ने एक युवतीलाई जबरजस्ती यौनसम्पर्क गराउन ग्राहकसँग कोठामा पठाएको भन्दै ती युवतीले प्रहरीमा उजुरी दिएपछि होटल सञ्चालिका न्यौपानेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका सइ राजकुमार थापाले बताए ।

होटलमा आएका ग्राहकसँग कामदार युवतीलाई यौनधन्दामा लगाउने प्रयास गरेको भन्दै न्यौपानेविरुद्ध मुद्दा दायर भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

लामो समयदेखि यौनधन्दामा शान्त बन्दै आएको इटहरीमा पुनः नयाँ शैलीबाट यौनधन्दा बढेको भन्दै इलाका प्रहरी कार्यालय इटहरीले यौनकर्मी पक्राउ गर्न नयाँ तरिकाबाट अभियान शुरु गरेको छ । पछिल्लो केही समययता प्रहरीले होटलहरूमा विशेष अभियान नै थालेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्