उर्लावारीको एक होटलबाट १० जना जुवाडे पक्राउ परे

उर्लावारीको एक होटलबाट १० जना जुवाडे पक्राउ परे

उर्लाबारी , भाद्र, २५ गते ।

उर्लावारीको एक होटलबाट १० जना जुवाडे पक्राउ परेका छन् । जुवा खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा मंगलवार राती साँढे १२ बजे ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले होटलमा जुवा खेलि रहेका पथरीशनिश्चरे नगरपालिका वडा नं. ६ का २१ बर्षीय आकाश थापा, सोही नगरपालिका वडा नं. १ का ३८ बर्षीय राजु भनिएका सञ्जिब गिरी र ३५ बर्षीय नरेन्द्र लिम्बू , उर्लाबारी नगरपालिका वडा नं. ५ का ३३ बर्षीय विकास राई, ३२ बर्षीय सन्तोष भनिएका विशाल राई, ४२ बर्षीय कृष्ण अधिकारी, उर्लाबारी नगरपालिका वडा नं. ३ का ४० बर्षीय दिनेश थापा, ३५ बर्षीय जाइतो चेम्जोङ, उर्लाबारी नगरपालिका वडा नं. ७ का २२ बर्षीय मोहन कटुवाल र ४१ बर्षीया अशोक राईलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को जुवा सम्बन्धी कसुर बमोजिम थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्