डोरीतान प्रतियोगिताका लागि विराटनगरबाट टोली थाईल्याण्ड प्रस्थान

डोरीतान प्रतियोगिताका लागि विराटनगरबाट टोली थाईल्याण्ड प्रस्थान

विराटनगर । नेपालबाट पहिलो पटक डोरीतान खेल प्रतियोगितामा नेपाली खेलाडी थाईल्याण्डको लागि विदाई गरिएको छ । थाइल्यान्डमा हुन लागेको १४ औं एसियाली डोरीतान खेल प्रतियोगिताका लागि नेपालबाट प्रतिनिधित्व गर्दै १० जनाको टोलीलाई विदाई गरिएको हो ।
मोरङ जिल्ला डोरीतान संघको आयोजनामा भएको उक्त विदाई कार्यक्रममा प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले खेलाडीहरुलाई जीतको शुभकामना सहित विदाई गरे ।
अन्तराष्ट्रिय स्तरमा पहिलो पटक सहभागिता जनाउन लागेको डोरीतान खेलका लागी नेपालबाट ८ खेलाडी २ बैकल्पिक, एक जना टिम मेनेजर सहित ११ जनाको टोली थाईल्याण्ड जाने नेपाल मोरङ डोरी तान संघ की अध्यक्ष रीता न्यौपानेले जानकारी दिईन् । थाईल्याण्ड को आयुथा भन्ने स्थानमा आगामी भदौ २८ र २९ गते हुनलागेको १४ औं एसियाली खेल प्रतियोगीतामा सहभागी हुदैछन् । प्रतियोगितामा २० वटा राष्ट्रका खेलाडी सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्