सम्बन्ध बिच्छेदका घटना बढ्दो, अदालतमा ५ सय ३७ मुद्दा दर्ता

सम्बन्ध बिच्छेदका घटना बढ्दो, अदालतमा ५ सय ३७ मुद्दा दर्ता

उदयपुर । बिभिन्न कारणले नेपाली समाज बिखण्डन उन्मुख हुर्दै गएको छ । पछिल्लो समय बैदेशिक रोजगारी र सामाजिक सञ्जालको कारण परिवार तथा समाज बिखण्डन हुदै गएको हो । त्यसको ज्वालन उदाहरण जिल्ला अदालत उदयपुरमा दर्ता भएको सम्बन्ध बिच्छेदको मुद्धाले पुष्टी गर्दछ ।

जिल्ला अदालत उदयपुरमा दर्ता भएको मुद्धाको तथ्याङ हेर्दा तिन वर्षमा ५३७ सम्बन्ध बिच्छेदको मुद्धा दर्ता भएको अदालतका श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए । जिल्ला अदातलमा आर्थिक वर्ष ०७३÷०७४ मा ७२१ मुद्धा दर्ता भएकोमा १३६ वटा सम्बन्ध बिच्छेदको रहेको  छ । त्यसैगरी आर्थिक वर्ष ०७४÷०७५ मा ८३० मुद्धा दर्ता भएकोमा १५८ वटा सम्बन्ध बिच्छेदको मुद्धा रहेको अदालतका नारायण थापाले जानकारी दिए । त्यसैगरी आर्थिक वर्ष ०७५÷०७६ मा ९४२ मुद्धा दर्ता भएकोमा २४३ वटा सम्बन्ध बिच्छेदको मुद्धा रहेको छ । चालु आर्थिक वर्ष ११५ वटा मुद्धा मध्ये ३० वटा सम्बन्ध बिच्छेदको रहेको जिल्ला अदालत उदयपुरले जनाएको छ ।

सम्बन्ध विच्छेदका घटना जिल्लामा बढ्दो छ । जिल्ला अदालतमा गत वर्ष दर्ता भएका मुद्दामध्ये २७ प्रतिशत बढी मुद्दा सम्बन्ध विच्छेदको छ । सम्बन्ध विच्छेदका यस्ता घटना सकेसम्म गाउँघरमै मिलाउने भएकाले यसको यकिन संख्या यो भन्दा अझ धेरै हुन सक्ने अनुमान गरिएको छ । जिल्लामा २० वर्षीय युवती देखि ३५ वर्षीय युवतीले सम्बन्ध बिच्छेद गरेको तथ्याङले देखाउँछ । बितेका तीन वर्षको तथ्याङ्क हेर्दा पनि जिल्लामा सम्बन्ध विच्छेदको घटना दिनानुदिन बृद्धि हुँदै गएको देखिन्छ ।

यसरी दर्ता भएका मुद्दामध्ये सबैजसो श्रीमानले मादक पदार्थ सेवन गरी कुटपिट गरेको, खान लाउन नदिने, माइती जाँदा समेत खोज खबर गरेका जस्ता आरोप सहितका मुद्दा पर्ने गरेको अदालतका श्रेस्तेदार रामकुमार आचार्यले जानकारी दिए ।

उमेर नपुग्दै विवाह, परिपक्वतासँगै सम्बन्ध विच्छेदको घटनामा बुद्धि भएको पाईन्छ ।  दम्पतीमा विस्तारै बेमेल बढ्दै गएपछि श्रीमतीलाई अनावश्यक आशंका गर्ने, कुटपिट गर्ने र खान लाउन नदिने गर्न थालेसँगै बसेर बाँकी जीवन जीउन नसक्ने निष्कर्षमा पुगेपछि सम्बन्ध बिच्छेदमा पुगेको देखिन्छ । सम्बन्ध विच्छेदका मुद्दा मध्ये अधिकांश श्रीमान् बैदेशिक रोजगारमा विदेश रहेका महिलाले दिने गरेको बताइएको छ । लामो समय सम्म श्रीमान् घर नआउँदा श्रीमतीले अर्कैसँग सम्बन्ध राख्दा यस्तो समस्या देखिने गरेको बताइन्छ । सम्बन्ध बिच्छेदको घटना बढ्नुमा पहिलो बैदेशिक रोजगार, दोश्रो सामाजिक सञ्जालको प्रयोग र कानुनले दिएको अधिकारलाई अनाबश्यक प्रयोग, देखा सिकी गर्ने प्रवृत्ति, सामाजिक सञ्जालको दुरुपयोग जस्ता कारणले पनि सामाजिक बिकृति बढेको हो, नेपाल वार एशोसियसन ईकाई उदयपुरका पुर्व अध्यक्ष मुरारी खड्काको भनाई रहेको छ ।

पछिल्लो पटक नयाँ मुलुकी संहिताले पुरुषले समेत सम्बन्ध विच्छेदको उजुरी दिन पाउने कानूनी व्यवस्था गरेसँगै जिल्लामा पुरुषद्धारा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गर्ने क्रम बढ्दै जान थालेको छ । आफु बैदेशिक रोजगारमा रहेको बेला श्रीमतीले घरको चल सम्पती हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध राखेको जस्ता आरोप लगाई सम्बन्ध विच्छेदका लागि मुद्दा लिएर अदालत जाने गरेका छन् ।

यसरी सम्बन्ध विच्छेद गर्ने पुरुषहरु मध्ये अधिकांश बैदेशिक रोजगारमा घर बाहिर हुने देखिने गरेको बताइन्छ । आत्मनिर्भरताको खोजी सम्बन्ध विच्छेद पछि महिलाको दैनिकी अत्यन्तै चुनौतीपूर्ण हुने गरेको छ । सम्बन्ध विच्छेदपछि सामाजिक दृष्टिकोणमा पनि बदलाव देखिने गर्दछ । घर बिग्रेको छोरी भन्दै माइतमा पनि फरक व्यवहार हुने गरेको पीडित महिलाको अनुभव छ ।  महिला हिंसा लुकाउन हुँदैन भन्ने जागरण तथा महिला सशक्तीकरणका कारण जिल्लामा सम्बन्ध विच्छेद बढ्दै गएको एक महिला अधिकारकर्मिको भनाई रहेको छ । श्रीमानले सामान्य हिंसा गर्दा सहदै आएका महिला श्रीमानको अत्याचार बढेपछि भने अदालतबाट सम्बन्ध विच्छेद गर्न बाध्य हुने गरेको उनले बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्