पहिरोले सभाखोला थुनिँदा किनारका बस्ती उच्च जोखिममा

पहिरोले सभाखोला थुनिँदा किनारका बस्ती उच्च जोखिममा

संखुवासभा।  संखुवासभाको सभापोखरी गाउँपालिकामा पहिरो खस्दा पहिरोले सभाखोला थुनिएको छ । हिजो दिउँसो बर्षा सँगै आएको  पहिरोले सभाखोला थुनिएपछि बाह्रविसे बजारलगायतका बस्ती उच्च जोखिममा परेको हो ।

दिउँसो ३ बजे तिर झरेको पहिरोले सभापोखरी गाउँपालिका कार्यालय रहेको बजार भन्दा तिन किलोमिटर माथि ४ र ६ वडाको बिचमा रहेको फाक्सीबुकमा ताल बनेको छ ।

करिव सात सय मिटर माथि खेवउरिङ गाउँबाट झरेको पहिरोले सभाखोला थुनिएर ठूलो ताल बनेको वडा नम्बर ६ का वडाध्यक्ष विकास पौडेलले जानकारी दिए ।

पहिरोले ताल बनाएका कारण गाउँपालिका केन्द्र रहेको बाह्रविसे बजार र खोला किनारका बस्ती उच्च जोखिममा परेको उनले बताए । त्यस क्षेत्रमा लगातार पानी  परिरहेको छ ।  पहिरोले सभाखोला थुनिए पछि तिन सय मिटर लामो ताल बनेको छ ।

वडाध्यक्ष पौडेलका अनुसार त्यस क्षेत्रमा पानी परिरहेको कारण ताल कुनै पनि बेला फुट्ने सक्ने अवस्था रहेको बताए । बाह्रविसे बजार र खोला किनारमा रहेका १ सय घर जोखिमा पर्न उनको भनाइ छ । घटना स्थल सदरमुकाम खाँदबारी बाट एक दिनको पैदलमा पर्छ । राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्