उदयपुरमा बाख्रा, बाँस र बेसारको प्रसस्तै सम्भावना

उदयपुरमा बाख्रा, बाँस र बेसारको प्रसस्तै सम्भावना

उदयपुर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा त्रियुगा उद्योग वाणिज्य संघ, गाइघाटमा कृषि क्षेत्रको प्रवद्र्धन र संभावित लगानीका क्षेत्रका विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । कर्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य अविनाश बोहराले धरातलीय तथा हावापानीको विविधताका आधारमा सम्भावनाहरु खोजी गरी कृषिलाई प्रतिस्पर्धी क्षेत्रका रुपमा विकास गरी व्यवसायीकरण र औद्योगिकरण गरी गरीबि न्यूनिकरण गरी आर्थिक विकास गर्न सकिने सम्भावना रहेको बताए ।

उनले कृषि वस्तुहरुको आयात प्रतिस्थापन तथा उच्च मुल्यका कृषि उपजको निर्यात मार्फत व्यपार घाटा न्यूनिकरण गर्न सकिने उल्लेख गरे ।
कृषि क्षेत्रको रुपान्तरण एवम् बजार विकासका लागि मण्डी (अक्सन हाउस आदि), वेयर हाउस, शीतभण्डार एवम् निर्यात गृहको स्थापना गरी किसानका लागि मुल्यको सुनिश्चितता, कृषि विमाको व्यवस्था, न्यूनतम् समर्थन मुल्यको व्यवस्था एवम् गुणस्तर मापदण्डको विकास गरी ब्राण्डिङ एवम् प्याकेजिङ गरी मुल्य अभिवृद्धि गर्न सकिने स्पष्ट पारे । जसका लागि सरकार उद्योगी व्यवसायी, बैंक तथा वित्तीय संस्था, र उत्पादक वीच समन्वयात्मक ढंगले अघि बढनु पर्ने बताउँदै वेयर हाउसलाई वित्तीय क्षेत्रसँग जोडेर वेयर हाउस रेसिप्टका आधारमा बैंकले ऋण दिने व्यवस्थाका लागि नीतिगत व्यवस्था गर्नु उल्लेख गरे ।
कार्यक्रममा सहभागी उद्यमी, व्यवसायी तथा कृषकहरुले गाइघाट, कटारी र बेलका नगरपालिका बजार क्षेत्रमा आलु, ताजा तरकारी र फलफुल लक्षित शीत भण्डारण गृहहरु निर्माण गर्नु पर्नेमा जोड दिए । सहभागीले सार्वजनिक नीजि सहकारी सहकार्यमा सञ्चालन गर्नु पर्ने, बेसार, सिन्कौली, खसीबाख्रा, ताजा तरकारी, पूmलखेती, जुसका लागि उखु, तथा कृषि पर्यटनको व्यवसायिक उत्पादन तथा निर्यात प्रवद्र्धनमा नीजि क्षेत्रको लगानी आवश्यक रहेको, व्यवसायिक खरायो पालनका लागि नीतिगत रुपमा सम्बोधन गरिनु पर्ने , वैदेशिक रोजगारी बाट प्राप्त रकमलाई व्यवसायिक कृषि उत्पादन तर्फ आकर्षित तथा प्रोत्साहन गर्न सुलभ र सहज रुपमा कृषि ऋणको उपलब्धता हुनु पर्नेमा जोड दिए । उदयपुरमा ३ बि अर्थात् बाख्रा, बाँस र बेसारको सम्भावना बढी रहेको, अदुवा, डेरी तथा माछाका क्षेत्रमा समेत उदयपुर जिल्लामा सम्भावना रहेको बताए । कृषि क्षेत्रलाई मुनाफा मुलक दिगो व्यवसायका रुपमा विकास गर्नु पर्ने बजार माग र मापदण्ड अनुरुप आवश्यक परिमाणका कृषि उपजको उत्पादन तथा बजारीकरणमा जोड दिएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्य कारिणी सदस्य एवं सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्र्किा सदस्य अविनाश बोहराको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट अर्थशास्त्री डा. अर्जुन बरालले प्रदेश नं. १ मा कृषि क्षेत्रको प्रवद्र्धन र लगानीका अवसरका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा उदयपुर उद्योग वाणिज्य संघ, वेल्टार बसाहा उद्योग वाणिज्य, बेलका उद्योग वाणिज्य संघ, उदयपुर गढी उद्योग वाणिज्य संघ, रौता उद्योग वाणिज्य संघका अध्यक्षज्यूहरु, कृषि व्यवसायमा संलग्न व्यवसायी तथा कृषकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्