धानखेतमा बेवारिसे शव फेला

<span class='c1'>धानखेतमा बेवारिसे</span> <span class='c2'>शव फेला</span>

नसीम अन्सारी ।
सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ७ घुस्की स्थित धानखेतमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ। घुस्कीका स्थानीय निवासी इलियास अन्सारीको धानखेतमा नामथर ठेगाना नखुलेको करिब ४० वर्षीय युवकको शव वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दिउँसो स्थानीय बासिन्दाले घाँस काटन गएको बेला शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । धान खेतमा उत्तानो परेको अबस्थामा फेला परेको शबमा तेजाब हालेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । शव पोष्टमार्टमका लागि सुनसरी जिल्ला अस्पताल इनरुवामा राखिएको प्रहरीले जनाएको छ । शबको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्