झापाको एक सहकारीको काम : सुत्केरीलाई नगद उपहार , मृत्यु भएमा ऋण मिनाहा

झापाको एक सहकारीको काम : सुत्केरीलाई नगद उपहार , मृत्यु भएमा ऋण मिनाहा

झापा । विर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारीले सुत्केरीलाई नगद उपहार दिन थालेको छ । सुत्केरीलाई पौष्टिक आहारका लागि सहकारीले नगद उपहार दिन थालेको हो ।

आमा र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै पौष्टिक आहारका लागि यस्तो व्यवस्था गरिएको सहकारीका अध्यक्ष भवानीप्रसाद दङ्गालले बताउनुभयो । ‘महिलाले जति बचत गर्छन्, सहकारीले सुत्केरी हुँदा त्यत्तिनै रुपैयाँ दिन्छ’ उहाँ भन्नुहुन्छ, ‘महिनामा ५ सय बचत गर्ने महिलाले सुत्केरी हुँदा ५ सय रुपैयाँ पाउँछ । मासिक ५ हजारजम्मा गर्नेले सुत्केरी हुँदा ५ हजार रुपैयाँ नै पाउँछन् ।’

सहकारीले नवजात शिशुको निःशुल्क खाता खोल्दै ५ सय देखि ५ हजार रुपैयाँ खातामा बचत गरिदिने गरेको अध्यक्ष दङ्गालको भनाइ छ । आर्थिक वर्ष २०७५/७६ मा सहकारीमा आवद्ध ४१ सुत्केरीले नगद उपहार पाएका छन् । सहकारीले त्यसवापत ७७ हजार रुपैयाँ बाँडेको छ ।

सहकारीले आवद्ध सदस्यको मृत्यु भएमा ऋण मिनाहा गर्दै आएको छ । परिवारलाई आर्थिक भारबाट मुक्त गराउन सहकारीले सदस्यको मृत्यु भएमा सबै ऋण मिनाहा गर्दै आएको सहकारीका अध्यक्ष दङ्गालले बताउनुभयो । आर्थिक वर्ष २०७५/७६ मा सहकारीमा आवद्ध ५जनाको निधन भएको छ । उनीहरुको४ लाख २८ हजार ५ सय ९७ रुपैयाँ ऋण मिनाहा भएको अध्यक्ष दङ्गालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्