विराटनगरमा सम्पन्न पावर लिफ्टीङ च्याम्पियनको उपाधि राईलाई

विराटनगरमा सम्पन्न पावर लिफ्टीङ च्याम्पियनको उपाधि राईलाई

विराटनगर । विराट जिमको आयोजनामा चौथो पावरलिफ्टीङ च्याम्पियन प्रतियोगिता सम्पन्न भएको छ ।
शनिबार भएको पावरलिफ्टीङ च्याम्पियनको उपाधि हरिकृष्ण राईले हात पारेका छन् । राईले २४ प्रतिस्पर्धीलाई पछि पारे । उनले पावरलिफ्टीङमा ९० केजी तौल उठाएर प्रथम भएका हुन् ।
त्यस्तै ८० केजी तौल उठाएर सुसिल सुतिहार दोस्रो भएका छन् भने ७५ केजी तौल उठाएर श्याम मारिकले तस्रो स्थानमा चित्त बुझाए । प्रथम, दोस्रो र तेस्रो हुनेहरुले क्रमश ३,२ र १ हजारसहित ट्रफि हात पारेका छन् । मोरङ वडिविल्डीङ तथा फिटनेस संघको सहयोगमा भएको खेल विराटनगरका २५ जना खेलाडिहरु सहभागि रहेका थिए । उनीहरुलाई विराटनगर महानगर पालिका वडा नं. ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्योपाने,वडिविल्डीङ तथा फिटनेस सँघका केन्द्रीय सदस्य पुष्प श्रेष्ठ र मोरङ वडिविल्डीङ तथा फिटनेस सँघकाका अध्यक्ष राजन दत्तलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्