अफगानिस्तानले बंगलादेशलाई २५ रनले पराजित गर्यो

अफगानिस्तानले बंगलादेशलाई २५ रनले पराजित गर्यो

भदौ ३० एजेन्सी ।  बंगलादेश टी–२० ट्राइ सिरिजमा  अफगानिस्तानले जित हासिल गरेको छ । घरेलु टिम बंगलादेशलाई २५ रनले पराजित गर्दै अफगानिस्तानले जित हात पारेको हो ।

टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।

अफगानिस्तानका लागि मोहम्मद नाबीले ५४ बलमा ८४ रनको योगदान दिए भने सात छक्का र तीन चौका प्रहार गरेका थिए ।  यस्तै अस्गर अफगानले ४० रन बनाए । बलिङतर्फ मोहम्मद सैफुद्धिन एक्लैले चार विकेट लिए भने शकिब अल हसनले दुई विकेट लिएका थिए ।

१६५ रनको लक्ष्य पछ्याएको बंगलादेश १९.५ ओभरमा १३९ रनमा अलआउट भयो । बंगलादेशका लागि महमुदुल्लाहले सर्वाधिक ४४ रनको योगदान दिए । अन्य कसैले २० रन कटाएनन् ।

बंगलादेशलाई कम स्कोरमा रोक्नका लागि अफगानिस्तानका मुजिब उर रहमानले चार विकेट लिए । त्यस्तै फरिद अहमद, राशिद खान र गुलबदिन नाइबले दुई–दुई विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्