एसेज : पाँचौ तथा अन्तिम टेस्ट इग्ल्यान्डले जित्यो ,एसेज श्रृङखला बराबरी

एसेज : पाँचौ तथा अन्तिम टेस्ट इग्ल्यान्डले जित्यो ,एसेज श्रृङखला बराबरी

पाँचौ तथा अन्तिम टेस्ट जित्दै इग्ल्यान्डले अस्ट्रेलिया विरुद्धको एसेज श्रृङखला बराबरी गरेको छ ।

पाँचौ टेस्टको श्रृङखलामा दुई-दुईको बराबरी भएको हो । ओभलमा भएको अन्तिम टेस्टमा ३ सय ९९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २ सय ६३ रनमा अल आउट भयो ।

अन्तिम टेस्ट १ सय ३५ रनले गुमाएसँग टेस्ट श्रृङखला बराबरी भएको हो । म्याथु वेडले १ सय १७ रन बनाएपनि अस्ट्रेलियालाई इग्ल्यान्डमा १८ वर्षपछि श्रृङखला जिताउन सकेनन् । दोस्रो इनिङमा इग्लान्डका लागि ज्याक लिच र स्ट्रुआर्ट बोर्डले चार चार विकेट लिए ।

चौथो दिन ८ विकेटको क्षतिमा ३ सय १३ रनबाट खेल्न शुरु गरेको इग्ल्यान्ड १६ रन थप्दै अल आउट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्