बिराटनगरमा लागूऔषध विरुद्ध फुटबल प्रतियोगिता हुदै

बिराटनगरमा लागूऔषध विरुद्ध फुटबल प्रतियोगिता हुदै

बिराटनगर असोज ४ ,

बिराटनगरमा "नशा बिनाकाे जीवन सुन्दर छ" भन्ने नाराका साथ लागू औषध दुर्ब्यसन सचेतना मुलक फुटबल प्रतियोगिता हुने भएको छ । जीवन दृर्ष्टि सामुदायिक पुनर्स्थापना केन्द्रको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा आयाेजक सहित बिराटनगरका स्थापित ५ वटा र सुनसरीकाे ३ गरी ८ बटा क्लब सहभागि हुने छन् । प्रतियोगिता असोज १० देखि १७ गते सम्म स्थानिय स्नातकोत्तर क्याम्पसकाे खेल मैदानमा हुने कार्यक्रम संयोजक जय देवकोटाले जानकारी दिए ।

प्रतियोगिताको प्रथम पुरस्कार  रु ५१,५५१ र  दाेश्राे पुरस्कार रु २५,५५१ रहेको छ भने ब्यक्तिगत बिधा तर्फ आकर्षक नगद पुरस्कार रहेको संयोजक देवकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्