रंगेली नगर वडा स्तरिय फुटवल प्रतियोगिता शुरु, उद्घाटन खेलमा वडा ८ पराजित

रंगेली नगर वडा स्तरिय फुटवल प्रतियोगिता शुरु, उद्घाटन खेलमा वडा ८ पराजित

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिका ६ स्थित आमतोलामा दोस्रो नगरपालिका वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । असोज ८ गतेदेखि १६ गतेसम्म हुने प्रतियोगितामा रंगेली नगरपालिकाका ९ वटा टिमहरुको सहभागी छन् । नगरपालिका मेयर दिलिप बगडियाले प्रतियोगिताको उद्घाटन गर्दै रंगेलीका हेक वडाहरुमा खेलको विकास गर्ने दाबी गरे । अबका दिन हरुमा सबै बडामा बडा स्तरीय फुटबल टुनामेन्ट गर्ने र सबैलाई एक बनाई नमुना टिम बनाउने बताए । उद्घाटन कार्यक्रममा कार्यकारी अधिकृत टोम प्रसाद सुवेदी , बडा अध्यक्ष रामचन्द्र मंन्डल, महेश खनाल, घनश्याम पनेरू लगायत स्थानीयको उपस्थिती थियो ।
बुधवार नै भएको पहिलो खेलमा बडा नम्बर ८ पराजित भएकोछ । वडा नम्बर १ र ८ बिच भएको खेलमा ८ नम्बर वडा पराजित भएको हो । बुधवार भएको खेलको म्यान अफ दि म्याच हेम हस्ता भए । बिहीबारको खेल बडा नम्बर ७ र ६ बिच हुने आयोजकले जनाएको छ । रंगेली नगरपालिका र बडा कार्यलयको सहयोग तथा समाज सेवा युवा क्लव को आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा विजेताले ३५ हजार तथा उपविजेताले २५ हजार नगद सहित सिल्ड , प्रमाणपत्र , मेडल प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्