स्पेनिश लिग फुटबलमा बार्सिलोना विजयी हुँदा रियाल मड्रिड बराबरीमा

<span class='c1'>स्पेनिश लिग फुटबलमा बार्सिलोना विजयी</span> <span class='c2'>हुँदा रियाल मड्रिड बराबरीमा</span>

काठमाडौं । स्पेनिश लिग फुटबलमा बार्सिलोना विजयी हुँदा रियाल मड्रिड बराबरीमा रोकिएको छ ।

शनिबार रातिको खेलमा गेटाफेलाई उसकै भुमिमा २–० ले पराजित गर्दै बार्सिलोनाले महत्वपूर्ण ३ अंक बटुलेको हो । लियोनल मेस्सी घाइते भएपछि उनी बिना नै उत्रिएको बार्सिलोनाका लागि लुइस सुवारेज र जुनियर जुनियर फिर्पोले १–१ गोल गरे ।

खेलको  ४७ औं मिनेटमा पहिलो पहेंलो कार्ड खाएका क्लेमेन्ट लेंगलेटले ८२ औं मिनेटमा अर्को पहेंलो कार्ड खाँदा रातो कार्डसहित बाहिरिनु परेको थियो । लिगको अर्को खेलमा रियाल मड्रिडले एथलेटिको मड्रिडसंग बराबरी खेल्यो । एथलेटिकोको भुमिमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

शनिबार रातिका अन्य खेलमा भ्यालेन्सियाले एथलेटिक बिलबाओलाई १–० ले तथा ग्रानाडाले लेगानेसलाई १–० ले हरायो ।

अंक तालिका ;
अंक तालिकामा ७ खेलबाट १५ अंकसहित रियाल मड्रिड शीर्ष स्थानमा छ ।
ग्रानाडा १४ अंकबाट दोस्रो, एथलेटिको १४ अंकबाट तेस्रो स्थानमा छ ।
बार्सिलोना १३ अंकबाट चौथो स्थानमा छ । १३ अंककै रियाल सोसिडाड पाँचौं स्थानमा छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्