भूमिका पाख्रिन
विराटनगर । मोरङ जिल्ला डोरीतान संघको आयोजनामा बुढिगंगा गाँउपालिकास्थित मनमोहन स्मृति प्रतिष्ठानमा नेपालीहरुको महान चाड विजया दशमीको अबसर पारेर शुभकामना आदान प्रदान गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा थाइल्याण्डमा पहिलो पटक डोरीतान खेल खेलेर स्वदेश फर्केको टोलीलाई समेत सम्मान गरिएको मोरङ टग अफ वारका अध्यक्ष रीता न्यौपानेले बताइन् । कार्यक्रममा नेकपाका नेता महेश रेग्मी, गोपी अछामी, रुपेश खतिवडा लगायतको समेत उपस्थिति रहेको थियो ।