इङ्लिस प्रिमियर लिग फुटबल : युनाइटेड र आर्सनलले अंक बाँडे

इङ्लिस प्रिमियर लिग फुटबल : युनाइटेड र आर्सनलले अंक बाँडे

इङ्लिस प्रिमियर लिग फुटबलका बलिया टोली म्यानचेस्टर युनाइटेड र आसर्नलले बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा सोमबार राति भएको खेलमा युनाइटेडले आर्सनलसँग १–१ गोलको बराबरी खेलेको हो ।

युनाइटेडले सुरुवाती अग्रता लिएर पनि बराबरीमा चित्त बुझाएको थियो । खेलको ४५औं मिनेटमा युनाइटेडक स्कट म्याकटोमिनीले खाता खोलेका थिए । पहिलो हाफमा पछि परेको आर्सनलले ५८औं मिनेटमा बराबरी गोल फर्कायो । आर्सनलका पिर्रे इमरिक ओउवामियाङले बराबरी गोल गरेका थिए ।

पिर्रेको गोललाई सुरुमा रेफ्रीले अफसाइड दिएपनि भिएआरको सहायताले पुनः गोलको मान्यता दिईएको थियो । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा दुवै टोलीले लगातार गोल गर्ने अवसर बनाएपनि सफल हुन सकेनन् । इन्जुरी समयमा समेत दुईवटा उत्कृष्ट पोस्ट् प्रहार गरेको युनाइटेड अन्तमा बराबरीमा रोकियो ।

बराबरीसँगै सात खेलबाट नौ अंक बनाएको युनाइटेड तालिकाको १०औं स्थानमा छ । समान खेलबाट १२ अंक बनाएको आर्सनल चौथो स्थानमा छ । अपराजित यात्रा कायम राखेको लिभरपुल २१ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले १६ र तेस्रो स्थानमा रहेको लेस्टर सिटीको १४ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्