विराटनगरमा खुला सडक दौड प्रतियोगिता

विराटनगरमा खुला सडक दौड प्रतियोगिता

विराटनगर,१८ असोज । पोखरीया सभ्य कला समाजको आयोजना तथा विराटनगर महानगरपालीका वडा कार्यालय ३ ले आयोजना गरेको खुला सडक दौड प्रतियोगिता सम्पन्न भएको छ । सप्तकोशी डेप्लोमेन्ट बैंकको मुख्य प्रायोजकको रुपमा रहेको खुला सडक दौडमा ८२ जना छात्र, ५५ जना छात्रा र २१ जना महिलाको सहभागिता रहेको थियो ।
छात्रा तर्फ विजेता हुनेहरुमा प्रथम विशाखा श्रेष्ठ, द्धितीय गिता श्रेष्ठ र तृतीय अञ्जली कामत भएका थिए । उनीहरुले क्रमस ३ हजार, २ हजार र १ हजार नगदको साथमा ट्रफी र प्रमाण पत्र प्राप्त गरेका थिए ।
यता छात्र तर्फ प्रथम रोमन चौधरी, द्धितीय पुजन भट्टराई र तृतीय विशेष राजवशी भएका छन् उनीहरुले पनि क्रमस ३ हजार, २ हजार र एक हजारको साथमा ट्रफि सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।
यता महिलाहरु तर्फ प्रथम जानुका बराल, द्धितीय सुशिला रेग्मी र तृतीय संगिता खरेल विजेता भएका छन् । विजेताहरुलाई मेयर भीम पराजुली, वडा अध्यक्ष विनोद बस्नेत , उद्धव अर्याल , सन्तोष बानिया, नविन सुवेदी ,राजेश माष्के , विक्रम कार्की लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । दशैको अबसरमा आयोजना गरिएको सडक दौड प्रतियोगिता हरेक बर्ष फुलपातीको दिन गरिने पोखरीया सभ्य कला समाजका विक्रम कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्