करन केसीको शानदार प्रदर्शन : नेपालले अन्तिम अोवरमा १७ रन हानेर विजयी

करन केसीको शानदार प्रदर्शन : नेपालले अन्तिम अोवरमा १७ रन हानेर विजयी

काठमाडौं । करन केसीको अलराउन्ड प्रदर्शनसँगै नेपालले नेदरल्यान्ड्समाथि रोमाञ्चक जित हासल गरेको छ । अन्तिम ओभरमा आवश्यक १७ रन बनाउँदै नेपालले विजय हासिल गरेको हो ।

शेन स्नाटरको बलमा निरन्तर बाउन्ड्री प्रहार गरेका केसीले नेपाललाई जिताएका हुन् । योसँगै ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दोस्रो खेलमा नेपालले जितेको हो । नेदरल्यान्ड्सले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले एक बल बाँकी छँदै पूरा गरे ।

नेपाली टिमका लागि कप्तान पारस खड्काले ४१ बलबाट सर्वाधिक ३३ रनको योगदान गरे । यसैगरी विनोद भण्डारीले २२ बलबाट २६ रन बनाए । करन केसीले १४ बलमा बिस्फोटक ब्याटिङ गर्दै १४ बलमा ३१ रन जोडे ।

नेदरल्यान्ड्सका लागि रोयलफ मेर्वेले चार ओभरमा १४ रन खर्चेर सर्वाधिक २ विकेट लिए । यसअघि नेदरल्यान्ड्सका लागि म्याक्स ओडोडले ४४ बल खेलेर सर्वाधिक ४३ रन बनाएका थिए भने नेपाली बलरले कसिलो बलिङ गरेका थिए ।

नेपालका लागि करन केसीले ३.३ ओभरमा १७ रन खर्चेर ४ विकेट, सन्दिप लामिछानेले चार ओभरमा २० रन खर्चेर सर्वाधिक ४ विकेट तथा ललित नारायण राजवंशीले एक विकेट लिए । नेदरल्यान्ड्सले १३ ओभर सकिँदा ९७ रन जोडपनि त्यसयता नेपाली बलरले उत्कृष्ट कमब्याक गराएका थिए । नेपालले पहिलो खेलमा हङकङलाई पराजित गरेको थियो भने नेदरल्यान्ड्सले आयरल्यान्डसँग पराजय बेहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्