विराटनगरमा भएको ‘सुपर ६ क्रिकेट ’ को उपाधि मार्शल क्रिकेट क्लब विजयी, नगद २० हजार हात पार्यो

विराटनगरमा भएको ‘सुपर ६ क्रिकेट ’ को उपाधि मार्शल क्रिकेट क्लब विजयी, नगद २० हजार हात पार्यो

विराटनगर,२० असोज । लियो क्लब अफ विराटनगरको आयोजनामा विराटनगरमा भएको ‘ सुपर ६ क्रिकेट टुर्नामेन्ट २०७६’ सम्पन्न भएको छ । विराटनगरको महेन्द्र मोरङ क्याम्पसको खेल मैदानमा भएको खेलमा मार्शल क्रिकेट क्लव ( एम एमसी) विजयी भएको छ ।
विराटनगरका १० वटा टिमको सहभागितामा रहेका क्लव मध्ये एमएमसीले ६ ओभरको खेलमा आयोजकको तर्फको ‘लियो क्लब अफ विराटनगर’ लाई २२ रनले पराजित गर्दे मार्शल क्रिकेट क्लब विजयी भएको हो ।
मार्शल क्रिकेट क्लबले दिएको ८९ रनको लक्ष्य पच्छाएको लियो क्लवले ५ दशमलव २ ओभर खेल्दै ६६ रनमै अलआउट भएको थियो । उपाधिसँगै मार्शल क्रिकेट क्लबले ट्रफी , प्रमापत्र सहित नगद २० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगिताको उप विजेताले नगद १० हजारको साथमा ट्रफीसँगै प्रमाण पत्र समेत प्राप्त गरेको छ ।


दशैंको अवसरमा आयोजना गरिएको एक दिने प्रतियोगितालाई विराटनगरको कान्तिपुर कलेज, भ्यूजल विज्ञापन एजेन्सी ( विनय न्यौपाने ) निक्की प्रजन श्रेष्ठले स्पोन्सरको रुपमा सहयोग गरेको थियो । साथै प्रतियोगिताको सहजिकरण लियो क्लव अफ विराटनगरका कमल साह, मेहबु आलम ईराकी, दिपक पासवान, मिनस थापा, विशाल ढकाल र आरिफ खानले गरेका थिए । प्रतियोगितामा फिर्दाेष अन्सारी म्यान अझ द सिरिज, बेस्ट बलर निरज मुखिया भएभने बेस्ट ब्याट्सम्यान बैजनाथ चौधरी घोषित भएका छन् । विजयी टिम तथा खेलाडीहरुलाई कार्यक्रमका अतिथी विनय न्यौपाने, वसिम आलम, विनय अफसर अली खान र चाँद ईराकी लगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्