आज नेपालको रोमाञ्चक खेल , टेष्टराष्ट्र आयरल्यान्डसंग भिड्दै

आज नेपालको रोमाञ्चक खेल , टेष्टराष्ट्र आयरल्यान्डसंग भिड्दै

काठमाडौं । पाँच राष्ट्र सहभागी टि–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले तेस्रो खेलमा आज टेष्ट राष्ट्र आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । ओमान सिरिजमा लगातार दुई खेल जितेको नेपालले आयरल्याण्डको सामना गर्न लागेको हो । अल अम्रेट क्रिकेट मैदानमा नेपाल आयरल्याण्डबीचको खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । आयरल्याण्ड नेपालभन्दा बलियो टोली मानिन्छ ।

टि–ट्वान्टी क्रिकेटमा आयरल्याण्डले बलिया टेष्ट राष्ट्रहरुलाई मात दिइसकेको भए पनि जारी सिरिजमा दुई खेलमा एकमा हार बेहोरिसकेको छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्याण्ड्समाथि चमत्कारिक जित निकालेको थियो । नेपाल आज तेस्रो जितको खोजीमा हुनेछ । नेपालले आज आयरल्याण्डलाई पराजित गर्न सके टेष्ट मान्यताप्राप्त राष्ट्रमाथिको पहिलो ऐतिहासिक जित हुनेछ । हालसम्म नेपालले टेष्ट राष्ट्रलाई हराउन सकेको छैन ।

टेष्ट राष्ट्रमाथि जित निकाल्दै नेपाल इतिहास बनाउन चाहन्छ । नेपालले हालसम्म टेष्ट राष्ट्रलाई हराउन सकेको छैन । तर, बलियो टिम आयरल्याण्डलाई पराजित गर्न नेपाललाई सजिलो भने हुने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्