नेपालको मध्यम क्रमको ब्याटिङ फितलो हुदा जित नजिक पुगेर पनि जित्न सकेन

नेपालको मध्यम क्रमको ब्याटिङ फितलो हुदा जित नजिक पुगेर पनि जित्न सकेन

काठमाडौं । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो तेस्रो खेलमा नेपालले पराजय बेहोरेको छ । १४६ रको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.५ ओभरमा सबै विकेटको क्षतिमा १३२ रनमात्र बनाउन सकेको हो ।

आयरल्यान्डले दिएको १४६ रनको लक्ष्य दिएकोमा नेपाल १३ रनले पराजित भयो । करन केसीले अन्तिममा निकै राम्रो प्रदर्शन गरेर आवश्यक २५ रन बनाउन प्रयत्न गरेपनि त्यो पर्याप्त हुन सकेन । उनले १६ रन बनाए ।

नेपालका लागि आरिफ सेखले सर्वाधिक २६ रनको योगदान गरे । नेपाली टिमका लागि कप्तान पारस खड्काले २५ रन बनाउँदा ओपनर ईशान पाण्डेले २२ र उपकप्तान दीपेन्द्र सिंह ऐरीले २० रन बनाए । आयरल्यान्डका मार्क एडेर र जर्ज डकरेलले ३–३ विकेट र ग्यारेथ डेलानीले २ विकेट लिए ।

यसअघि पल स्टर्लिङका ५९ रनको अर्धशतकीय पारीमा मद्दतमा आयरल्यान्डले १४५ रन बनाएको थियो । यसैगरी एन्डि बालबिनीले ३८ रन बनाए ।

नेपालका लागि सन्दिप लामिछानेले ४ ओभरमा २१ रन खर्चेर २ विकेट, अभिनास बोहोराले ४ ओभरमा २२ रन खर्चेर २ विकेट तथा ललित राजवंशीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । यसैगरी करन केसीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट दिए ।

दुई जितपछि उत्साहित बनेपछि यो सिरिजमा नेपालको पहिलो हार हो । यसअघि नेपालले हङकङ र नेदरल्यान्ड्सलाई हराएको थियो । नेपालले अन्तिम खेल आयोजक ओमानसँग बिहीबार खेल्दैछ । हारसँगै नेपाललाई सिरिज उपाधी सम्भावना कठिन बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्