नागरिकता बिक्री ठूलो व्यवसाय बन्दै,साना मुलुकमा पासपोर्टको मूल्य करिब १ लाख ५० हजार डलर

नागरिकता बिक्री ठूलो व्यवसाय बन्दै,साना मुलुकमा पासपोर्टको मूल्य करिब १ लाख ५० हजार डलर

बीबीसी । देशका जनताले पहिचानस्वरुप प्राप्त गर्ने नागरिकताको परिभाषा विस्तारै बदलिँदै गइरहेको छ । आजभन्दा ५० वर्ष अगाडि मात्र पनि कुनै देशले दुईवटा नागरिकता लिने अनुमति दिँदैनथे भने एउटा व्यक्ति एक देशको नागरिक मात्र हुन पाउँथ्यो । तर अहिले विश्वव्यापी रुपमा दुई वा सो भन्दा बढी नागरिकता राख्ने ट्रेन्ड नै बसिसकेको छ ।

विश्वका आधाभन्दा धेरै मुलुकमा लगानीमार्फत नागरिकता प्राप्त गर्न सकिने नीतिगत कार्यक्रमहरु छन् । यस क्षेत्रका विशेषज्ञ एवम् स्वीस वकिल क्रिस्टियन कालिनका अनुसार रकम लगानी गरि नागरिकता लिने ट्रेन्ड अहिले २५ अर्ब डलर बराबरको विश्वव्यापी उद्योग बनिसकेको छ ।  ‘मिस्टर पासपोर्ट’ भन्ने उपनाम समेत पाएका कालिन हेनले एण्ड पार्टनर्सका निर्देशक हुन् जो यस द्रुत गतिमा वृद्धि भइरहेको बजारका सबैभन्दा ठूला खेलाडी हुन् । उनको ग्लोबल बिजनेसले धनी व्यक्तित्वहरु र तिनका परिवारलाई अर्को मुलुकमा बस्ने नागरिकता प्रदान गर्दै आएको छ ।

उनका अनुसार नागरिकताको हाम्रो अर्थ परम्परागत भइसक्यो । किनकि रगतको नाता र जन्मले मात्र मानिसलाई त्यस मुलुकको नागरिक बनाउँछ भन्नु पूर्ण सहि होइन र यो वास्तवमै धेरै अन्यायपूर्ण नीति हो । आफ्नो भनाइ थप व्याख्या गर्दै उनले मानिसको दक्षता हेरेर उसले योगदान पुर्याउन सक्ने अवस्थाका आधारमा मेम्बरसीप जसरी नागरिकता प्रदान गर्नु कुनै गलत कुरा नभएको तर्क गरे ।

यसरी उनको सो भनाइलाई कतिले समर्थन गर्छन् भने धेरैले विरोध पनि जनाउने गरेका छन् कि पासपोर्ट, नागरिकता जस्ता सामग्री लक्जरी भन्दा पनि पहिचानमै सीमित रहनुपर्छ ।

यसमा भानुआटु देशलाई हेर्दा, सो मुलुकले चार वर्ष अगाडि यस किसिमको नयाँ नागरिकता नीति अपनाएको थियो जसपछि देशमा अधिक आर्थिक लाभ भएको पाइएको छ । अहिले त्यहाँको सरकारको राजस्वको सबैभन्दा ठूलो श्रोत पासपोर्ट बनेको छ । भानुआटुको पासपोर्ट प्राप्त गर्नेहरुले ‘भिजा फ्रि ट्राभल’ अन्र्तगत युरोपभर भ्रमण गर्न पाउँछन् । यसरी भानुआटुको पासपोर्ट भएका अधिकांश विदेशी नागरिकहरुले त्यो देशमा पाइला नटेकी अन्य देशमा नागरिकताका लागि आवेदन दिने गरेका छन् जस्तै हङकङ स्थित लाइसेन्स प्राप्त भानुआटु सिटिजनशीप ब्रोकर पीआरजी कन्सल्टिङ । हङकङ विश्वकै सबैभन्दा ठूलो नागरिकता बजार हो । हङकङ विमानस्थलको एक क्याफेमा बसेर नागरिकता वितरक एजेन्ट एवम् निजी व्यवसायी एमजेले चिनियाँहरुलाई तेस्रो मुलुकको पासपोर्ट प्राप्त गर्न मद्दत गर्ने गरेका छन् । आफ्ना ग्राहकका बारेमा उनले भनेका छन्, “वास्तवमा उनीहरु चीनमा सुरक्षित महसुस गर्दैनन् । त्यसैले उनीहरु युरोपमा बैंक अकाउन्ट खोल्न, धनसम्पति खरिद गर्न वा व्यवसाय सुरु गर्न युरोपसम्म पुग्न चाहान्छन् ।”

उनका अनुसार नागरिकता एक अत्यन्तै प्रतिस्पर्धी ग्लोबल मार्केट भइसकेको छ र थुप्रै साना मुलुक र टापुहरुमा पासपोर्टको मूल्य करिब १ लाख ५० हजार डलर छ । भानुआटुको पासपोर्ट पनि त्यही स्तरमा छ । एमजेका अनुसार भानुआटुको पासपोर्ट प्रणाली अत्यन्तै छिटो छ अर्थात तीस दिनमै व्यवस्था गर्न सकिन्छ । तर अर्कोतर्फ कालिनले भने त्यहाँको भ्रष्टाचारमूलक वातावरणलाई हेरेर भानुआटुको नागरिकता कार्यक्रमसँग कुनै कारोबार नगर्ने गरेको बताए । तरपनि चीनले लामो समयदेखि यसप्रति विशेष चासो देखाउँदै आएको छ । केही वर्ष अगाडि मात्र हङकङको टेलिभिजन कार्यक्रमले भानुआटु नागरिकता कार्यक्रमको विज्ञापन समेत प्रशारण गर्ने गरेको थियो । एमजेका अनुसार दश मध्ये केबल एक चिनियाँ नागरिकले मात्र भानुआटुबाट नागरिकता प्राप्त गरिसकेपछि सो मुलुक भ्मण गर्ने गरेका छन् ।

यसरी चिनियाँ बजारमा भानुआटुको लोकप्रियता बढे पनि स्थानीयवासी भने यसको विरुद्धमा छन् । आफ्ना पुर्खाहरुले कठोर लडाईँपछि प्राप्त गरेको स्वतन्त्रतालाई खुलेआम बेच्नुले देशको सार्वभौमिकता नै गुम्ने डर रहेको उनीहरु बताउँछन् । अहिले पोर्चुगलको पासपोर्ट किन्न तीन लाख ८४ हजार डलर लाग्छ भने स्पेनको पासपोर्टको मूल्य ५ लाख ५० हजार डलर, माल्टाको १० लाख डलर, त्यस्तै बेलायती पासपोर्ट खरिद गर्न चाहिँ २५ लाख डलर लाग्दछ । अमेरिकाको पासपोर्ट किन्नका लागि भने ९ लाख डलर बराबरको लगानी गर्नुपर्ने हुन्छ जसले १० वटा रोजगारी सिर्जना गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्