लेटाङ फुटबल क्लब पथरीशनिश्चरे कपको सेमिफाइनलमा

लेटाङ फुटबल क्लब पथरीशनिश्चरे कपको सेमिफाइनलमा

विराटनगर । साविक विजेता लेटाङ फुटबल क्लब मोरङको पथरीमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा योसेक फुटबल क्लब उर्लाबारीलाई १-० गोल अन्तरले पराजित गर्दै लेटाङ पुन उपाधि नजिक पुगेको हो ।

खेल सुरु भएको ९ औं मिनेटमा लेटाङका खेलाडी भुवन राईले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दी म्याच योसेक क्लब उर्लाबारीका खेलाडी प्रकाश भुजेल घोषित भए ।

सोमबारको सेमीफाइनल खेल पन्चायन फुटबल क्लब धरान सुनसरी र डाँगिहाट फुटबल क्लब मोरङबीच हुने आयोजक सुनाखरी युवा क्लबका खेल सचिव टाइवन राईले जानकारी दिएका छन । सेमिफाइनलमा मोरङको लेटाङ, उर्लाबारी, डाँगिहाट र सुनसरी पन्चायन फुटबल क्लब धरान पुगेका छन् ।

प्रतियोगिताको प्रथम हुनेलाई ८१ हजार, १११ र दोस्रो हुनेलाई ५१ हजार, १११, ट्रफी,मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्