विराटनगर टाइटन्सलाई हराउँदै क्याट क्विन्स वुमन्स च्याम्पियन्स लिगको फाइनलमा

विराटनगर टाइटन्सलाई हराउँदै क्याट क्विन्स वुमन्स च्याम्पियन्स लिगको फाइनलमा

काठमाण्डाै ।  क्याट क्विन्स काठमाण्डौ वुमन्स च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । विराटनगर टाइटन्सलाई नौ विकेटले हराउँदै क्याट क्विन्सले फाइनलमा स्थान बनाएको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर १७ ओभर ३ बलमा अलआउट हुँदै ६८ रनमा समेटियो । विराटनगरका लागि सोनु खड्काले सर्वाधिक ३४ रन जोडिन् । यस्तै ज्योति पाण्डेले १२ तथा आरती बिडारीले ११ रन जोडिन् ।

४४ रनमा पहिलो विकेट गुमाएको विराटनगरको मध्यक्रम पूर्ण रुपमा ध्वस्त भयो । उसका लागि तीन जना खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । उसका सात खेलाडी एकपछि अर्को रुपमा आउट भए । उसले २४ रन बनाउँदा नौ विकेट खेर फाल्यो ।

विराटनगरलाई सस्तैमा समेट्न काठमाडौंकी कप्तान रुबिना क्षेत्रीले ४ विकेट लिइन् । जवाफमा क्याट क्विन्सले ९ ओभर पाँच बलमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । उसका जितमा अप्सरी बेगमले २७ तथा कप्तान रुबिना क्षेत्रीले ३४ रनको योगदान गरिन् । काठमाण्डौले पनि सुरुवात राम्रो गर्न सकेन । खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको काठमाण्डाैका लागि अप्सरी बेगम र कप्तान रुबिना क्षेत्रीले अर्धशतकीय साझेदारी गर्न सफल भइन् । अब काठमाण्डाैले उपाधिका लागि बिहीबार चितवनसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्