नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले टि–१० लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले टि–१० लिग खेल्ने

काठमाडौं कार्तिक ८ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले टि–१० लिग खेल्ने भएका छन् । राष्ट्रिय टोलीको कप्तानीबाट हालै मात्र राजीनामा दिएका पारसले टि–१० लिग खेल्ने पक्का भएको हो । पारसले अबुधाबीबाट टि–१० लिग खेल्नेछन् । पारस १० हजार डलरमा आबुधाबीमा अनुबन्धित भएका हुन् । पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी हुन् ।

यसअघि नेपाली टोलीबाट सन्दीप लामिछाने र सोमपाल कामीले विदेशी लिग खेलिसकेका छन् । पारस ड्राफ्टअघि नै आबुधाबीमा आवद्द भएका हुन् ।

लिग आबुधाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आगामी नोभेम्बर १५ देखि २४ सम्म आयोजना हुने छ । जसमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्