विराटनगर, १४ कात्तिक । मोरङ उर्लाबारी घर भएकी रंगकर्मी तथा अभिनेत्री सिर्जना सुब्बाले गर्भावस्थाको विशेष फोटोसुट गरेकी छिन् । अबको कहीदिनमा आमा बन्न लागेकी र्सिजना सुब्बाले पहिलो सन्तानको प्रतिक्षामा रहदै गर्भावस्थाको फोटोसुट गरेर आफ्नो सामाजिक संजालमा पोष्ट गरेकी छिन् ।
प्रकृतिसँग फेसनको समायोजनमा आफ्नो अवस्था झल्काएकी हु, ‘प्रकृतिले नारीलाई आमा बन्न पाउने अवसर दिएकोप्रति गर्व गर्दै विभिन्न पोजमा तस्बिर खिचिएको उनले आवर विराटनगरलाई जनकारी गराईन् ।
उनले यस अघि ‘महाभोज ’नामक नाटकमा समेत गर्भावस्था रोलमा अभिनय गरेकी थिईन् । उनी भन्छिन् प्रकृतिले दिएको अवसरमा उत्सव मनाउनुपर्छ, । आफ्नै सम्झनाका लागि खिचिएका तस्बिर सार्वजनिक गर्नुका उद्देश्य भने नेपाली समाजमा रहेको संकीर्ण सोचलाई हटाउन सघाउनु पनि रहेको उनी बताउँछिन्। ‘सकेसम्म गर्भावस्थाका बारेमा अरुले थाहा नपाओस् लुकाउन खोज्ने गरिन्छ। तर, यो थाहा हुनुपर्छ । यो विशेष अवस्था हो,’ उनले भनिन्।
सेलिब्रिटी संसारमा त अझ विवाह, गर्भावस्था र सन्तानका बारेमा समेत लुकाउने प्रचलन छ । यी विषयमा अरुले थाहा पाउँदा करियर असर पुग्ने मानसिकता छ । सिर्जना भन्छिन, ‘त्यो भ्रमलाई चिर्न पनि मैले गर्भावस्थाको तस्बिर खिचाएर सार्वजनिक गर्न चाहेकी हुँ।’
सिर्जनाले काठमान्डौको गोदावारीमा आफ्ना श्रीमान् फिल्मकर्मी पदम सुब्बासँग र आफ्नो सिंगल तस्वीरहरु खिचाएकी छिन् ।
उनको तस्बीर फोटोग्राफर अभिसेस मास्की र सिलु जैनले तस्वीर खिचेका हुन् भने तेह्रथुमे ढाँका बुटिकले पहिरनको लागी सहयोग गरेको थियो । सिर्जना सुब्बाले लुट , लुट २ ,घरजम, मिस्टर भर्जिन, पञ्चे बाजा, डाइनिङ क्यान्डल लगायतका फिल्महरुमा अभिनय गरिसकेकी छिन् भने ४ दर्जन भन्दा बढी थ्रियटरका नाटकहरु खेलिसकेकी छिन् ।