सुरु भयो छठ, विराटनगरका बिभिन्न जलासयमा सरसफाई गरिँदै

सुरु भयो छठ, विराटनगरका बिभिन्न जलासयमा   सरसफाई गरिँदै

विराटनगर । हिन्दु धर्मालम्बीहरुको दोस्रो महान चाड तिहार सकिएसँगै अर्को ठुलो चाड छठ पर्व सुरु भएको छ । विशेष गरी तराई क्षेत्रमा मनाइने यो पर्व केही बर्ष यता काठमाण्डौ लगायत हिमाल र पहाडका केही स्थानमा पनि छठ पर्व मनाउन थालिएको छ । कात्तिक शुक्ल चतुर्थीबाट सुरु भई चार दिनसम्म मनाइने यस पर्वको आज पहिलो दिन हो । छठको पहिलो दिनलाई अरबा भन्ने गरिन्छ ।
अरबाको दिन स्थानिय युवा घर नजिकै रहेको नदी ,पोखरी, ताल आदि जलासयमा गई किनार तथा बाटो सफा गर्ने चलन छ ।
यता विराटनगरमा रहेका विभिन्न स्थानका नदी तथा पोखरी र नहर सफा गर्न थालेका छन् । विराटनगरमा रहेका सिघिया खोला, मोरङ सुनसरी सिचाई आयोजनाको नहर र स्थानिय पोखरीहरु सफा गर्न थालिएको छ ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीद्धारा छठ पुजा गर्ने विभिन्न घाटहरुको निरीक्षण गरिएको छ । पराजुलीले विराटनगरको सिघिया खोला, मन्टा पोखरी ,पोखरीया घाट, हाटखोला पुल लगायतका स्थानको अबलोकन गरेका हुन् ।
यता छठ पर्वमा चाहिने सामाग्री बजारमा किन्नेहरुको चहल पहल निकै बढेको छ । तराईक्षेत्र केन्द्रित मनाईने छठपर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र मनाउन थालिएको छ ।
सद्भाव अनि भातृत्वको प्रतिक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदि, तालतलैया, पोखरीको किनारामा श्रृङ्गारको लागि घाटहरु, केराका थम्बा, झिलीमिली बत्तिबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलाई दूधको अर्घ दिएर यो चाड मनाईन्छ । छठको व्रत लिने व्रतालुका घरमा छठमा चढाईने प्रसादहरु जस्तै केराका घरी, नरिवल, भोगटे अनि अन्य फलफूलहरु सहित चढाउने चलन छ ।
यसरी ल्याईएका फलफूलहरुलाई छठको अस्ताउँदो सुर्य र अन्तिम दिन विहानै अर्घ्यस्वरुव उदाँउदो सूर्यलाई देखाएपछि प्रसादस्वरुप घर लैजाने चलन छ । छठको प्रत बस्नाले आफ्नो मनो कामना पुरा हुने विस्वास गरिन्छ । छठ पर्वको विधि अनुसार आज छठ पर्वको पहिलो दिन जलासयको सरसफाई गर्दै अरबा मनाइदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्