विराटनगरमा स्कूल प्रिन्स एण्ड प्रिन्सेसले देखाए प्रतिभा

विराटनगरमा स्कूल प्रिन्स एण्ड प्रिन्सेसले देखाए प्रतिभा

विराटनगर । स्कूल प्रिन्स एण्ड प्रिन्सेस् मोरङ २०१९ कोे फाइनलमा पुगेका प्रतियोगिहरूले प्रतिभा देखाएका छन् । फाइनमा पुगेका २७ जना प्रतियोगिहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा ‘ट्यालेन्ट शो’ मा देखाएका हुन् ।
विराटनगरको हिमालय दर्शन कलेजमा भएको ट्यालेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगिहरूले नृत्य,गीत, चित्रकला, कतिवा, मेकअपलगायतका प्रतिभा प्रस्तुत गरे । उनीहरू मध्ये एक जना प्रिन्स र एक जना प्रिन्सेस्ले बेस्ट ट्यालेन्ट एवार्ड प्राप्त गर्नेछन् । सो एवार्ड आउँदो कार्तिक २३ गते हुने विराटनगरमा हुने फाइनलको दिन वितरण गरिने आयोजक हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेटका प्रबन्ध निर्देशक अर्जुन श्रेष्ठले बताए । ट्यालेन्ट शोको निर्णायकहरूमा नृत्य निर्देशक सागर साह, गायक सुरज बाँनिया र मेकअप निर्देशक रिता ढकाल रहेका थिए ।
हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेट प्रालिले आयोजना गरेको उक्त प्रतियोगिताको फाइनल राउण्डमा प्रिन्समा ७ जना र प्रिन्सेस्मा २० जना रहेको आयोजक संस्थाका कार्यक्रम निर्देशक सुशील घिमिरे जानकारी दिए ।
‘सीप र संस्कार सहितको सौन्दर्य’ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले भाग लिएको कार्यक्रम संयोजक सुमन श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा विराटनगर लगायत नजिकका गाउँपालिकाबाट प्रतियोगिहरूले सहभागि रहेको आयोजकले जनाएका छन् । प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ, जीवन बिमाका साथै विभिन्न आकर्षक उपहार प्राप्त गर्नेछन् । फस्ट र सेकेण्ड रनरअपलाई क्रमशः १६ हजार र १२ हजार नगद पुरस्कार प्रदान गरिने प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्