सुत्केरीको उपचारमा लापरवाही गरेको भन्दै विराटनगर अस्पतालमा आफन्तको प्रदर्शन

सुत्केरीको उपचारमा लापरवाही गरेको भन्दै विराटनगर अस्पतालमा आफन्तको प्रदर्शन

विराटनगर । सुत्केरी महिलाको उपचारमा लापरवाही गरिएको भन्दै विरामीका आफ्न्तले विराट नर्सिङ होममा प्रदर्शन गरेका छन । उनीहरुले उपचारमा संलग्न चिकित्सकलाई कारवाहीको माग गरेका छन । गत कात्तिक ११ गते टंकीसिनवारीस्थित विराट टिचिङ अस्पतालमा भर्ना भएकी दुहबी नगरपालिका ८ रनिगाँउकी २० बर्षिय रमिला कार्की घिमिरेको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि विरामीका आफ्न्त आक्रोशित भएका हुन ।
आक्रोशित आफ्न्तका परिवारजन अस्पताल परिसरमा प्रर्दशन गर्न थालेपछि प्रहरीले लाठी चार्ज गरेको छ । विरामीका आफन्तलाई नर्सिङ होम परिसरबाट बाहिर निकालेको थियो । चिकित्सकले लापरवाही गरेका कारण सामान्य अवस्थाको सुत्केरी रमिला र उनले जन्माएकी शिशुको अवस्था चिन्ताजनक भएको आफ्न्तजनको आरोप छ ।
भर्ना गरिएकै भोलीपल्ट विहान ८ बजे रमिलाले विना अप्रेशन सामान्य अवस्थामै शिशु जन्माएको विरामीका आफन्तले बताए । पहिलो बच्चाकोरुपमा शिशु जन्माएकी रमिलाले रमिलाले जुस र जाउलो समेत खाएको उनीहरुका आफन्त बताउँछन् । केहिबेरमै ब्लिडिङ शुरु भएको र नरोकिएपछि सोहिदिन १२ बजे उनको पाठेघरको शल्यक्रिया गरिएको जनाइएको छ ।
पाठेघर नफाले विरामीलाई जोगाउन नसकिने चिकित्सकले बताएपछि आफुहरुकै अनुमतिमा शल्यक्रिया गरिएको आफ्न्तले बताएका छन । शल्यक्रियाकै क्रममा लापरवाही गरिएका कारण विरामीको अवस्था अत्यन्त जटिल भएको र घटना लुकाउन आफुहरुलाई जानकारी नै नदिई स्वीकृति बिना नै विरामीलाई टंकीसिनवारीबाट विराट नर्सिङ होम ल्याइएको बिरामीका श्रीमान भुपाल घिमिरेले बताए । शिशुको जन्म भए लगत्तै शिशुको मुटुको चालमा गडबडी रहेको भन्दै नवजात शिशुलाई टंकीसिनवारीस्थित टिचिङ अस्पतालमै भेन्टिलेटरमा राखिएको र शिशुको अवस्थाको बिषयमा समेत आफुहरुलाई जानकारी नदिइएको विरामीका घिमिरेको भनाइृ छ ।
उता अस्पतालका अध्यक्ष डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीले उपचारमा कुनै प्रकारको लापरवाही नभएको दाबी गर्नुभएको छ । विरामी प्रशुतीका लागि रेगुलर चेकजाँचमा नआएको जानकारी दिँदै अध्यक्ष कार्कीले उपचारकै क्रममा जटिलता देखिएपछि नर्सिङ होममा राखेर उपचार भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्