विराटनगर महानगरपालिकामा शनिवार र आईतवार सार्बजनिक बिदा, बुढीगंगामा आईतवार

विराटनगर महानगरपालिकामा शनिवार र आईतवार सार्बजनिक बिदा, बुढीगंगामा आईतवार

विराटनगर । विराटनगर महानगरपालिकाले शनिवार र आईतवार सार्बजनिक बिदा दिने निर्णय गरेको छ । आज बिराटनगर महानगरपालिकामा बसेको बैठकले शनिवार र आईतवार विराटनगर महानगरपालिका सार्बजनिक बिदा दिने निर्णय भएको हो । बिराटनगर महानगरपालिकाको कात्तिक १५ गतेको निर्णय अनुसार नेपालीहरुको महान चाड छठ पर्बको अवसरमा कात्तिक १६ र १७ गते विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय र अन्तरगतका कार्यालयहरु एवम् नगर क्षेत्रभित्रका शिक्षण संस्थाहरुमा सार्बजनिक विदा गरिएको महानगरपालिकाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । महानगपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाद्धारा हस्ताक्षरित सुचनामा छठ पर्वलाई लक्षित गरि दुई दिन बिदा दिने उल्लेख गरिएको छ ।
यसैबिच बुढीगंगा गाउँपालिकाले पनि छठ पर्वको अवसरमा गाउँपालिकामा आईतवार सार्बजनिक बिदा दिने निर्णय गरेकोछ । गाउँपालिका भित्रका बहुसंख्यक गाउँपालिकाबासीले छठ पर्व मनाउने भएकोले पर्वलाई लक्षित गरि सार्बजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्