सष्टाङ्ग दण्डवत गर्दै सडकमा निस्कीए विराटनगरका मेयर भीम पराजुली, (भिडियो सहित)

सष्टाङ्ग दण्डवत गर्दै सडकमा निस्कीए विराटनगरका मेयर भीम पराजुली, (भिडियो सहित)

प्रेम देवान
विराटनगर, १६ कात्तिक । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले छठ पर्वको पूजाकालागि निराहार ब्रत बसी १६ औ पटक सष्टाङ्ग दण्डवत गर्दै निस्कीएका छन् ।
मेयर पराजुलीले आज विहान साढे १० बजे विराटनगर पोखरीयामा रहेको शिव पाञ्चायन मन्दिरबाट भतिज प्रमिस र श्रीमती रञ्जीतासँगै दण्ड प्रणाम गर्दै निस्कीएका हुन् । मेयर सहित उनका श्रीमती र भतिजले साढे तीन किलोमिटर दण्ड प्रमाण गर्दै सिंघिया घाटमा पुगेर अस्थाउँदो सूर्यलाई अर्घ दिने गरेका छन् ।

 

https://www.facebook.com/ourbrt/videos/453716441920875/

५ वर्षदेखि भतिज प्रमिसले साथ दिइरहेका मेयरलाई यसपाली मेयरका धर्मपत्नी रञ्जीतालेसमेत दण्ड प्रणाम गर्दै घाटमा पुगेर साथ दिइरहेकी छिन् । उक्त दुरी पार गर्न धेरै समय लाग्ने भएका कारण यस पटक समयमा म नै निस्कीएको हुन् ।
नगरबासीको सुख, शान्ति र समृद्धिको कामना सहित छठको कष्टपूर्ण ब्रत बसेको मेयर पराजुलीले जानकारी दिए । पहिले आफु र परिवारको रक्षाका लागि छठ पुजा गर्थे’ भने अहिले सम्पुर्ण महानगरवासीको सुरक्षा र समृद्धि र लोक कल्याणका लागि गर्न थालेको मेयरको भनाई छ ।
दण्ड प्रणाम गर्दै छठको पूजाकालागि निस्कीएका पराजुली धर्म प्रति बढी आस्था राख्ने गर्दछन् । मेयरलाई हौसला दिन प्रदान गर्न हास्य कलाकार तथा निर्मात्री दिपाश्री निरौला तथा राष्ट्रिय गायक सुमित खड्का , उद्योगी भीम घिमीर , कार्यकारी अधिकृत एकदेव अधिकारी लगायत उपस्थीत रहेका थिए ।
१६ बर्षयता छठ माताको ब्रत बस्दै आएका मेयर पराजुलीले १६ औ पटक दण्ड प्रणाम गर्दै सिंघीया घाटमा आज बेलुकी अस्ताउदो सुर्य र भोली विहान उदाउँदो सूर्यलाई अर्घ दिएर ब्रत समापन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्