प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दिए छठको शुभकामना

<span class='c1'>प्रदेश १ का मुख्यमन्त्री  शेरधन</span> <span class='c2'>राईले दिए  छठको  शुभकामना</span>

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले छठ पर्व– २०७६ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदिबहीनीहरुमा सुख,शान्ति,समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।

सन्देशमा उनले सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता,अखण्डता,मेलमिलाप र आपसी सद्भाव कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राईले हाम्रो समाजमा मनाउने गरिएका विभिन्न चाडपर्वले भौगोलिक,सांस्कृतिक र भाषिक विविधताबीच रहेको सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै हाम्रो धरोहरका रुपमा रहेका चाडपर्व बहुमूल्य सांस्कृतिक सम्पदासमेत हुन् भने ।

मुख्यमन्त्री राईद्वारा जारी सन्देशमा भनिएको छ,यो पर्वले नेपालका सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी विकास र समृद्ध पथमा संलग्न हुने प्रेरणा मिल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्