विराटनगरमा छठको रमझम, खोला किनारमा विराटनगरका मेयरले अस्ताउँदो सुर्यलाई अघ्र्य दिए

विराटनगरमा छठको रमझम, खोला किनारमा  विराटनगरका मेयरले अस्ताउँदो सुर्यलाई अघ्र्य  दिए

विराटनगर । नेपालीकहरुको महान चाड छठ पर्व विराटनगरवासीहरुले स्थानीय सिंगिया खोला, नहर र पोखरीहरुमा अस्ताउदो सूर्यलाई अघ्र्य दिई श्रद्धा एवम् भक्तिपूर्वक मनाएका छन् । प्रकृतिको पूजा गर्दै मनाइने छठ पर्वले मधेशमा बसोबास गर्ने विभिन्न समुदायहरुबीच सौहार्दता, आत्मियता र सद्भाव स्थापना गर्न सहयोग पुगेको छ । उनीहरुले सामुहिक रुपमा पूजापाठ र ब्रत गरेका छन् ।
उदाउँदो र अस्ताउदो सूर्यको उपासना गरी मनाइने यो पर्वमा ब्रतालु महिला पुरुषले चोखो नितो बसेर पूजाआजा गरेमा पारिवारिक सुख, समृद्धि र रोगव्याधीबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ ।
यसैबीच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगरबासीको सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गर्दै दण्डवत पूजा गरेका छन् । विराटनगर वडा नं. ३ स्थित राधाकृष्ण शिवपाञ्चायन मन्दिरबाट करिब ३ किलोमिटर दण्डवत पूजा गर्दै परोपकारघाट सम्म पुगेर छठी मातासँग उनले सो कामना गरेका हुन् ।

तराईमा बसोबास गर्ने मधेबीहरु मत्र नभई छठ पर्वलाई पहाडी मुलका हिन्दू धर्माबलम्बीहरुले पनि श्रद्धापूर्वक मनाएका छन् । भोलि बिहान उदाँउदो सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्