विराटनगरमा छठ पर्बमा मुस्लिम समुदायको सक्रियता, पानी बाँड्न भ्याई नभ्याई

विराटनगरमा छठ पर्बमा मुस्लिम समुदायको सक्रियता, पानी बाँड्न भ्याई नभ्याई

विराटनगर। शनिवार छठको मुख्य दिन अस्ताउँदो सुर्यलाई पुजा गर्ने हरुको निक्कै भिड थियो । केशलिया, सिँघिया खोला तथा नहरहरुमा पुजा गर्न जानेहरुरुको भिड थियो । त्यही भिडका बिचमा थिए, मुस्लिम समुदाय पनि । उनीहरु भ्याई नभ्याई थिए ।
शनिबार विराटनगर–६ मा रहेको छठ घाटमा अस्ताउँदो सुर्यलाई अघ्र्य दिन आउनेहरुको सेवामा मुस्लिम समुदाय देखिएका हुन् । उनीहरुले निःशुल्क पानी वितरण गरेर सहयोग गरेका हुन् ।
नेपाल मुस्लिम युथ कमिटी, कौमी एकता मञ्चको संयुक्त आयोजनामा पानी र कफी वितरण गरिएको मुस्लिम अगुवा जफर अहमद जमालीले जानकारी दिनुभयो । भाइचारा, एकता र सद्भावको पर्वको रुपमा लिईएको छठलाई पछिल्ला बर्षहरुमा सबै क्षेत्र, धर्म, बर्गका ब्यक्तिले अपनत्व लिएका छन् । साझा पर्बको रुपमा लिईएको छठलाई समाजमा एक अर्का धर्मप्रति सम्मान र विविध धार्मिक सहिष्णुता संगै सामाजिक सद्भाव कायम गर्ने पर्वको रुपमा लिईएको छ ।
शनिवार साँझ उदाउँदो सुर्यलाई अघ्र्य दिएका ब्रतालुले आज उदाउँदो सुर्यको पुजा गरेसँगै छठ समापन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्