हात्ती धपाउन राखिएको नाङ्गो तारमा करेन्ट लागेर झापामा दुई जनाको ज्यान गयो

हात्ती धपाउन राखिएको नाङ्गो तारमा करेन्ट लागेर झापामा दुई जनाको ज्यान गयो

विराटनगर । झापाको बुद्ध शान्ति गाउँपालिका ४ स्थित नवज्योति सामुदायिक वन भित्र रहेको पानीको खोल्सिमा हात्ती धपाउन थापेको नाङ्गो बिजुलीको तारमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ। ज्यान जानेमा सोही ठाउँका बर्ष १८ का अभिनास राई र भोजपुरको साल्पासिलिछो गाउँपालिका ५ घर भई बुद्ध शान्ति गाउँपालिका ४ स्थित पेरिस राईको घरमा पाहुना आएका बर्ष ३८ को मणिराम राई रहेका छन् । घटनाबारेमा स्थानीयवासीले ईलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी गराएका थिए । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्