हिरासतमा मोरङ प्रहरी प्रमुख : अभियुक्तलाई एसपीको एक घन्टा मोटिभेसन

हिरासतमा मोरङ प्रहरी प्रमुख : अभियुक्तलाई एसपीको एक घन्टा मोटिभेसन

विराटनगर । जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले हिरासतमा रहेका अभियुक्तहरुसँग छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदान गर्दै मोटिभेसन दिएका छन् । २ महिनादेखि प्रहरी हिरासतमा बसेका ६ महिला सहित ३४ अभियुक्तलाई आइतबार ‘मोटिभेसन’ दिएका हुन् ।
एसपी अधिकारीले हिरासत भित्र रहेका विभिन्न आरोप तथा कसुर लागेका अभियुक्तहरुसँग करिब एक घण्टा ‘मोटिभेसन’ दिएको एसपी अधिकारीले जानकारी दिए ।
अभियुक्तहरूसँग प्रत्यक्ष अन्र्तक्रिया गर्दै एसपी अधिकारीले उर्जाशिल सोचलाई सही ठाउँमा लगाउनु पर्ने बताए । एसपी अधिकारीले समाज प्रति उत्तरदायी हुन भनि रहँदा अभियुक्त मध्येकी एक महिलाले आँखाभरी आँसु पर्दै भाव विभोर भएकी थिईन् ।
‘हिरासत भनेको कुटपिट गर्ने थलो होइन, यहां आउनेलाई पाहुना वा परिवार सरह राखेका हुन्छौं, एसपी अधिकारीले भने, सबैमा विकासको संभावना हुन्छ तर सकारात्मक सोच चाहिन्छ, अनि आफूसंगै समाज पनि अघि बढ्छ ।’
मोरङ प्रहरी प्रमुख भएर आए पछि थुनुवासंग उनले यो पहिलो अन्तरक्रिया गरेको हो । थुनुवाको गुनासो सुन्ने र त्यो अनुरुपको सुझाव सल्लाह अबलम्बन गरिने एसपी अधिकारीले अठोत व्यक्त गरे ।
अन्तरक्रिया कार्यक्रममा थुनुवाले राखेको गुनासोलाई सुन्दै आउने दिनमा सुधार पनि गर्दै अगाडि बढ्ने उनले प्रतिवद्धता जाहेर गरेका थिए । अन्र्तक्रिया कार्यक्रममा मोरङ प्रहरीका डिएपी घनश्याम श्रेष्ठ, प्रहरी निरीक्षक ऋषिराम ढकालको उपस्थिती थियो ।
मोरङ प्रहरीको हिरासतमा सबैभन्दा बढी अभद्र व्यवहरमा म्यादथप गरिएका अभियुक्तहरू सबैभन्दा बढी छन् । आइतबारसम्म मोरङ प्रहरीको हिरासतमा १४ जना अभद्र व्यवहारका छन् । त्यस्तै लागूऔषध मुद्दाको पाँच जना, बुहु विवाहको ३ , चोरी ३, ठगि १, जवरजस्ती करणी २, विष्पोटक पद्धार्थका ४, बैँकिङ्ग कसुर र हातहतियारका मुद्दामा म्याद थप गरिएको १÷१ जना गरि जम्मा ३४ जना अभियुक्त रहेको मोरङ प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्