मोरङको बुढीगंगामा आज विहानै सवारी दुर्घटना, डाक्टर र नर्सकोे ज्यान गयो

मोरङको बुढीगंगामा आज विहानै सवारी दुर्घटना, डाक्टर र नर्सकोे ज्यान गयो

विराटनगर, १८ कात्तिक । मोरङको बुढीगंगामा सवारी दुर्घटना हुदाँ २ जनाको ज्यान गएको छ । मोरङको बुढीगंगा गाँउपालीका १ स्थित सेन्चुरी मसला उद्योग छेउमा आज विहान सवारी दुर्घटना हुदाँ बुबा छोरीको ज्यान गएको छ । विराटनगरबाट दुहवी तर्फ जादै गरेको को १ ख ७२३२ नम्बरको यात्रुबहाक बसले दुहवीबाट विराटनगर तर्फ आँउदै गरेको को २७ प १०२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको नेमुवा ट्राफिक प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बुढीगंगा गाउपालीका ५ निवासी ५२ बर्षिय आँखा विशेषज्ञ डा. शुभलाल माझी र उनको छोरी न्यूरो अस्पतालमा कार्यररत स्टार्फ २६ बर्षिया अन्जली कुमारी माझी रहेको नेमुवा ट्राफिक प्रहरी ईन्र्चाज तुलामणी आचार्यले जानकारी दिनुभयो । उनीहरुको विराट मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको प्रहरी जनाएको छ । बस चालक धनगडी निवासी ३४ बर्षिय संन्दिप खत्रीलाई मोरङ प्रहरीले नियन्त्रण लिएर अनुन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्