प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङको विदाई, आजै विराटनगरबाट काठमाडौँ जाने

प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङको विदाई, आजै विराटनगरबाट काठमाडौँ जाने

विराटनगर । प्रदेश १ का प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्बाहाङको बिदाई गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तुम्बाहाङलाई बिदाई गर्नु भएको हो । आईतवार राष्ट्रपतिद्धारा मदमुक्त भएका सातवटै प्रदेशका प्रमुखहरुको ठाँउँमा नयाँ प्रदेश नियुक्त हुँदै गर्दा प्रदेश प्रमुखको विदाई भएको हो ।
विदाई हुँदै गर्दा प्रदेश १ का प्रमुख तुम्बाहाङले सरकारको निर्णयलाई आफूले स्वभाविक रुपमा लिएको प्रतिक्रिया दिनुभयो । यति लामो अवधिसम्म प्रदेश प्रमुख भइएला भनेर नसोचेको उहाँले बताउनुभयो । विदाई भएसँगै प्रमुख तुम्बाहाङ आजै आरान्ह ४ बजे काठमाडौं जान लागेको उहाँले बताउनुभयो ।

विदाई गर्नका लागि मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदिपकुमार भण्डारी, प्रदेश सरकारका प्रमुख सचिव सुरेश अधिकारी, प्रदेश सभाका सचिव गोपाल पराजुली लगायत सचिवहरु प्ुगेका थिए ।

यी प्रदेश प्रमुख नयाँ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले सातै प्रदेशका प्रमुखहरुको नाम टुंगो लगाएको छ ।  आइतबार सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेश प्रमुखको पदमुक्त गर्नु भएकाे थियाे । नेकपा सचिवालयले रिक्त रहेको प्रदेश प्रमुखको पदमा मनोनयन गर्न नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय गरेको पार्टीका महासचिव विष्णु पौडेलले बताउनुभयो ।

पार्टीले अमिक शेरचन(चितवन), सोमनाथ अधिकारी प्यासी(कास्की), तिलक परियार(बाँके), धर्मनाथ यादव(सिरहा), गोविन्द कलोनी(डडेलधुरा), विष्णु प्रसाईँ(झापा) र शर्मिला त्रिपाठी(काठमाण्डाै) को नाम सिफारिस गरेको छ ।  कुन प्रदेशका लागि कसलाई पठाउने भन्ने बारेमा भने सरकारले निर्णय गरेर राष्ट्रपतिकाेमा सिफारिस गर्ने महासचिव पाैडेलले बताउनु भयाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्