मोरङको कटहरीमा दुईजना पेस्तोल सहित पक्राउ

मोरङको कटहरीमा दुईजना पेस्तोल सहित पक्राउ

विराटनगर । मोरङको कटहरीमा पेस्तोल सहित दुईजना पक्राउ परेका छन् । कटहरी गाउँपलिका १ सिंघीया खोलाको पुर्वमा रहेको खुल्ला मैदानमा छठ पुजाको अवसरमा स्थानीय एक युवा क्लबले आयोजना गरेको ‘साँस्कृतिक साँझ तथा नृत्य कार्यक्रम स्थलबाट प्रहरीले पेस्तोल सहित दुईजनालाई पक्राउ गरेको हो ।
कार्यक्रममा उछ्रिङ्खल व्यक्तिहरूद्वारा ढुंगा प्रहार भएको थियो । ढुंगा हान्ने व्यक्तिको पहिचान गर्ने क्रममा प्रहरीले तत्काल सो स्थानमा रहेका केही व्यक्तिहरूलाई शंका लागि निजहरूको शरीर खान तलासी गरेको थियो । सोही क्रममा एक व्यक्तिको शरीरमा हतियार तथा गोलि भेटिएकोले तत्काल निजलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
यसरी पक्राउ पर्नेमा कटहरी गा.पा २ वस्ने वर्ष २३ का सुरज कुमार भन्ने विक्की कुमार भगत रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । पक्राउ परेका ब्यक्तिको साथबाट अटोमेटिक पेस्तोल थान १, सो मा लाग्ने म्यागजिन थान २ र उक्त म्याग्जिनहरूमध्य पेस्तोलमा रहेको म्यागजिनमा लोड भएको अवस्थामा १ राउण्ड गोली तथा सीमकार्ड ५ वटा र एउटा ट्याब्लेड नियन्त्रणमा लिएको एसपी अधिकारीले जानकारी दिए ।
पक्राउ परेका ब्यत्तिरmलार्य सार्बजनिक गर्दै एसपी अधिकारीले पक्राउ परेका ब्यक्तिलाई जिल्ला अदालतवाट म्याद लिई मुलुकी फौजदारी अपराध ऐन २०७४ बमोजिम आवश्यक अनुसन्धान भैरहेको बताए ।
निज विक्कीले प्रारम्भिक अनुसन्धानको क्रममा उक्त हतियार तथा गोलि मुकेश कुमार मण्डलबाट प्राप्त गरेको भनी प्रहरीलाई बताएपछि धनपालथान गा.पा ७ कदमहा वस्ने वर्ष २८ को मुकेश कुमार मण्डललाई पनि प्रहरीले पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका ७ जलजला चोक नजिकबाट उनलाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए ।
पक्राउमा परेका बिक्की कुमार विगत २ वर्ष देखि विराटनगरमै रहेको एक कपडा पसलमा रोजगारी गर्ने तथा मुकेश कुमार उदयपुर जिल्लाको रामपुर ठोक्सिलास्थित एक लघुवित्तीय संस्थामा फिल्ड सहायकको रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । उनीहरु छठ पर्वको मनाउन विदामा रहेको खुलेको छ ।
पक्राउ परेका दुबैजना अवैध हात हतियारको कारोवार गर्ने केही भारतीय तथा नेपाली नागरिकहरूसंग विगत केही समयदेखि सम्वन्ध स्थापित गर्दै आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको एसपी अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्