विराटनगरबाट उदयपुर जाँदै गरेको प्रदेश सांसद चढेको गाडी दुर्घटनामा, उपमेयर र सांसद घाईते

विराटनगरबाट उदयपुर जाँदै गरेको प्रदेश सांसद चढेको गाडी दुर्घटनामा, उपमेयर र सांसद घाईते

उदयपुर । उदयपुरमा हिजो साँझ भएको कार दुर्घटनामा सांसद र उपमेयर घाईते भएका छन् । मध्य पहाडी मदन भण्डारी स्मृति राजमार्ग स्थित चौदण्डीगढी नगरपालिका ७ भुल्केमा सोमबार साँझ कार दुर्घटना भएको हो ।
दुर्घटनामा प्रदे सांसद र उपमेयर घाइते भएका छन् । त्रियुगा नगरपालिकाको स. १ झ ५३१ नम्बरको कार दुर्घटना हुँदा प्रदेश १ का सांसद वर्ष ४२ की सञ्जाकुमारी दनुवार र त्रियुगा नगरपालिकाकी उपमेयर वर्ष ५५ की देवी कुमारी चौधरी घाईते भएको प्रहरीले जनाएको छ ।
संघीय सरकारले विराटनगरमा आयोजना गरेको लैंगिक हिंसा विरुद्धको वर्ष अभियान कार्यक्रममा सहभागी भएर फर्किने क्रममा कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ । चालक योगेश चौधरीका अनुसार चौदण्डीगढी नगरपालिका ७ भुल्के स्थित मोडमा साइकललाई बचाउँन खोज्दा कार दुर्घटना भएको हो । घाईते दुबै जनाको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।

उता दाङमा प्रतिनिधीसभाकी सांसद शान्ता चौधरी चढ्ने गरेको सरकारी गाडी दाङको लमही–६ स्थित कुलमोड भन्ने स्थानमा दुर्घटनामा परेको छ । सांसद चौधरीलाई लक्ष्मीपुरस्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै गरेको अबस्थामा बा २ झ २८७१ नम्वरको स्कारपियो गाडी दुर्घटना भएको दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्त डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।
रातको १२ बजेर ४५ मिनेट जाँदा गाडी दुर्घटना भएपछि त्यसका चालक रतनलाल चौधरी जानकारी गराउन आफै प्रहरी कार्यालयमा आएको र उनलाई नियन्त्रणमा राखिएको डिएसपी शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्