बिराटनगर कार्तिक १९ ,
सामाजिक काममा निकै सक्रिय बिराटनगरका युवा चांद इराकीले आज आफ्नो जन्मदिनमा बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका छन् । बिराटनगर रानीको जोहरा लिल मोमिनात उनले बिद्यार्थीहरुलाई कापी,कलम लगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।
जन्मदिनको अवसरमा उनले १०५ जना बिद्यार्थीलाई पढाइमा सहयोग गर्ने उदेश्यले सहयोग गरेको जानकारी दिए । आफ्नो जन्मदिनलाई सामाजिक काम गरेर मनाउन पनि उनले युवाहरुलाई आग्रह गरेका छन् । हरेक बर्ष आफ्नो जन्म दिन सामाजिक काममा समर्पण गरेर मनाउने इराकीले आवर बिराटनगरलाई बताए ।